यस्तो छ तपाईंको भदौ १३ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ १३ गते बुधबार, ई.सं. ३० अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष चतुर्दशी १०ः१७ बजेपछि पूर्णिमा, नक्षत्र- धनिष्ठा, योग- अतिगण्ड, करण- वणिज, चन्द्रराशि- मकर, सूर्योदय ५ः४२ सूर्यास्तः १८ः२६ ।

मेष : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

वृष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

मिथुन : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कर्कट : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

तुला : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

वृश्चिक : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

मीन : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?