‘महापुरुष’बाट हरिवंश उत्कृष्ट अभिनेता र ‘प्रकाश’बाट दीया उत्कृष्ट अभिनेत्री

प्रदान गरिएन उत्कृष्ट चलचित्र अवार्ड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा चलचित्र ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र ‘प्रकाश’बाट दीया मास्केले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गर्नुभएको छ । चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गर्नुभएको थियो ।

उत्कृष्ट निर्देशक ‘प्रकाश’बाट दिनेश राउत, लेखन विधाको अवार्ड ‘चिसो मान्छे’बाट दीपेन्द्र के.खनाल, ‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायांकार, ‘दोख’बाट निमेष श्रेष्ठ उत्कृष्ट सम्पादक र आदिवासी जनजाति चलचित्रतर्फ ‘हृयुलन छयाँबा’ घोषित हुनुभयो । सो समारोहमा २०७८ र ०७९ को विशेष चलचित्र पनि घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसपटक मुख्य विधा अर्थात् उत्कृष्ट चलचित्रतर्फ भने अवार्ड प्रदान गरिएन । अवार्डको सबैभन्दा महत्वपूर्ण मानिने र विगतमा समेत बाँडिएको ‘उत्कृष्ट चलचित्र’को विधा गायब भएपछि पुरस्कार विवादित बनेको छ । यसले राष्ट्रिय चलचित्र पुरस्कारको गरिमा र अस्तित्वमाथि प्रश्न उठाएको चलचित्रकर्मीहरूले टिप्पणी गरेका छन् ।

२०७८ सालको विशेष चलचित्र ‘टुल्की’ र ‘नीरमाया’ बन्न सफल भए भने २०७९ सालको विशेष चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ घोषित भएका थिए । ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ले भने जुरी अवार्ड (निर्णायक विशेष छनोट) प्राप्त गरेका छन् ।
यसपटक मुख्य विधा अर्थात् उत्कृष्ट चलचित्रतर्फ भने अवार्ड प्रदान गरिएन । अवार्डको सबैभन्दा महत्वपूर्णमानिने र विगतमा समेत बाँडिएको ‘उत्कृष्ट चलचित्र’को विधा गायब भएपछि पुरस्कार विवादित बनेको छ । यसले राष्ट्रिय चलचित्र पुरस्कारको गरिमा र अस्तित्वमाथि प्रश्न उठाएको चलचित्रकर्मीहरूले टिप्पणी गरेका छन् । ‘उत्कृष्ट चलचित्र’ बाहेक अन्य विधामा अवार्ड बाँडिएको सम्भवतः यो नेपालमै पहिलो भएको उनीहरूको भनाइ छ ।

चलचित्र पुरस्कार समारोहमा जुरी टिमका संयोजक राजेन्द्र सलभसमेत अनुपस्थित हुनुहुन्थ्यो । जुरी सदस्यका अनुसार बोर्डलाई ‘उत्कृष्ट चलचित्र’मा ‘प्रकाश’को नाम पठाएको थियो । तर, उक्त चलचित्रलाई अवार्ड दिइएन । यस चलचित्रले सरकारमा रहेको पार्टी माओवादीलाई नकारात्मक रूपमा चित्रण गरेको भन्दै बोर्डको तालुकवाला निकाय सञ्चार तथा सूचना मन्त्रालयले उक्त चलचित्रलाई उत्कृष्ट मान्न नसकिने निर्णय ग¥यो । मन्त्रालयले नाम काटेर पठाएपछि बोर्डले उत्कृष्ट चलचित्रको विधा हटाएर अवार्ड बाँडेको हो ।

अवार्ड वितरणपश्चात् लक्ष्मी गिरी र शिव श्रेष्ठलाई राष्ट्रपतिसहित सूचना प्रविधि रेखा शर्मा र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले तीन लाख ७५ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गर्नुभएको थियो । त्यस्तै, ३५ जनालाई विशेष योगदान सम्मानबाट सम्मानित गरिएको थियो । राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिको जुरीमा राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटाको रहनुभएको थियो । विशेष चलचित्रतर्फ रविचन्द्र अधिकारी, उदय इङ्नाम सुब्बा, शिवजी लामिछाने, सम्पदा मल्ल, राजु खत्री क्षेत्री, विष्णु शर्मा निर्णायक रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?