‘बाघभैरब’को महिमा भिडियोमा

हिमालय टाइम्स
Read Time = 2 mins

कीर्तिपुर । ललेन्द्र शाक्यको निर्देशनमा कीर्तिपुरको आराध्य देव ‘बाघभैरब’को महिमा दर्शाउने ‘जय-जय बाघभैरब’ भजन सार्वजनिक भएो छ । कीर्तिपुर सिनेप्लेक्समा एक कार्यक्रमबीच सार्वजनिक गरिएको भजनमा बाघभैरब महिमा गानका साथै बाघभैरब उत्पत्ति बारे प्रचलित जनश्रुतिमा आधारित किम्बदन्तीलाई पनि बाल कलाकारहरूको माध्यमबाट प्रस्तुत गरिएको छ ।

बाघभैरब भजन मण्डलका सदस्यको स्वरबद्ध रहेको भजनलाई संगीतकार हरिशरण सायमीले संयोजनगरी गीत तयार पारिएको हो भने भिडियोको निर्माण पनि सायमिको संयोजनमा सम्पन्न भएको हो । भिडियोमा राजेश शाक्यको छायांकन तथा सम्पादन छ ।

भिडियोको लोकार्पण समारोह जनकवि दुर्गालाल श्रेष्ठ प्रमुख आतिथ्यता र हरिशरण सायमीको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथि श्रेष्ठद्वारा पानसमा दीप प्रज्वलनगरी समारोहको उद्घाटन गरिएको थियो ।

समारोहमा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरे र बाघभैरब भजन मण्डलका गुरु जोगमान महर्जनलगायतको विशेष आतिथ्यता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?