आइसीसी महिला टि-२० विश्वकप एसिया छनोट : नेपाल ब्याटिङ गर्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसीसी महिला टि-२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन् ।

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डंगोल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
मावली आएका युवाले गरे ७२ वर्षीया हजुरआमाको हत्या प्राकृतिक विपत्तिका मृतकको सम्झनामा गोल्डेन सुनगाभा स्कुलमा शोकसभा बालसुधार गृहका किशोरलाई मनोसामाजिक सचेतना राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन [तस्वीरहरु] कांग्रेस महामन्त्री घिमिरेलाई प्रश्न : अद्यावधिक नभएका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी गराउने… बाढीमा ज्यान गुमाएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीमा १,३५६ जनाको मृत्यु, अझै ४,९९४ जना सम्पर्कविहीन एनपिएलको टिकट बिक्री अधिकार इसेवालाई, ८५ लाखमा सम्झौता