बराबरीमा रोकियो इन्टर मियामी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामी बराबरिमा रोकिएको छ ।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामी बराबरीमा रोकिएको हो ।

बिहीबार बिहान भएको खेलमा मियामी नास्भिल एफसीसँग गोलरहित बराबरिमा रोकिएको हो ।

खेलको अधिकांश समय बल आफ्नो पकडमा राखे पनि मियामीले गोल भने गर्न सकेन् ।

यो नतिजासँगै मियामी २४ खेलमा २२ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?