बालिका बलात्कार आराेपमा एकजना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

डोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका(६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?