उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच सिंहदरबारमा भेटवार्ता, के भयो छलफल ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदुत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रवार उहाँले सिंहदरबारस्थित मन्त्रायमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य बिस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताउनु भयो । ६ दशकको लामो राजनीतिक संघर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मुल कार्यभार रहेको उहाँले बताउनु भयो ।

यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्‍ट्रबाट स्तरोन्‍नती हुने भएकोले यसलाई दिगो बनाउन मैत्रीराष्‍ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उहाँले बताउनु भयो। मन्त्री श्रेष्ठले वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि स्पष्‍ट पार्नुभयो ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको बताउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गर्नुभयो। सामाजिक न्याय, महिला हिंसा विरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उहाँले दिलाउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन आफू र आफ्नो मन्त्रालयबाट सबै सहयोग रहने बताउनुभयो। साथै, गोर्खा सैनिकको मागलाई सम्बोधन गर्दै यस विषयमा न्यायोचित निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो । जवाफमा राजदुत फेनले आफू नेपाल आउनु अगाडि बेलायतका लागि नेपाली राजदूतसँग गोर्खा सैनिकका बारेमा बेलायतमा छलफल गरेको र यस विषयलाई चाँडै निष्कर्षमा पुर्‍याउन आफ्नो प्रयास रहने बताउनु भयो ।

भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?