प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया गरिएको छ । रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उहाँको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गर्नुभएको छ । शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहनुभएका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्राडा भण्डारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उहाँ केही दिन अस्पतालमै रहने जनाउँदै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रोस्टेट (बिपीएच)को शल्यक्रिया गराउनुभएका खड्कालाई छाउनीस्थित सैनिक अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो । बुधबार भर्ना हुनुभएका उहाँको सोही दिन शल्यक्रिया गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?