एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिनुपर्छः सभामुख घिमिरे

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनु भयो । उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर ाष्ट्र र जनतको हीतमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भौगोलिक विकटाका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनु भयो । उहाँले नेपालले वाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताउनु भयो । सभामुख घिमिरेले राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज विश्वका शक्ति राष्ट्रहरु युएसएले एमसीसी लगायतका कार्यक्रमहरु बिस्तार गरेर नेपाल जस्ता पछि परेका मुलुकहरुलाई सहयोग गर्ने कोशिस गरिरहेको छ । त्यसरी नै बिआरआई प्रोग्राम अन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले प्रोग्रामहरु लिएर आइरहेको छ । नेपालले यी दुई वटै प्रोग्रामहरुबाट नेपाली जनताको हीतमा कसरी जाने ? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिनसक्छ ? यो एउटा प्रतिष्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ । एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेका छन्, बआिरआईको बारेमा त्यस हिसावको चर्चा नचलेपनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनतको हीतमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ ।’

सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, संघीय सभावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको बताउनु भयो । उहाँले उत्पादनमा वृद्धि गरी देशको अर्थ व्यवस्था उच्च बनाउनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?