गत कात्तिक महिनाको १७ गते नीलकण्ठ प्रज्ञाप्रतिष्ठान धादिङले भरतपुर महानगरपालिका चितौन र गैँडाकोट नगरपालिका नवपरासीमा अवस्थित प्रज्ञाप्रतिष्ठानहरूसित पारस्परिक विचारविमर्श, प्रज्ञाप्रतिष्ठानहरूबीच रचनात्मक कार्यक्रमको सिकाइ आदानप्रदान, संस्थाहरूमाझ मित्रताभाव सुुदृढ तथा आआफ्ना प्राज्ञिक अभ्यासबारे जानाकारी गर्ने हेतुले एक लघुुभ्रमणको आयोजना गरेको थियो । जसमा हामी (नीलकण्ठ प्रज्ञा कार्य समितिका मलगायत रीता थापामगर, प्रकाश पौडेल, विनोदमान श्रेष्ठ, काशिका अर्याल अधिकारी, हरि सुनार तथा चालक चित्र श्रेष्ठसहित सातजनाको समूह थियौँ ।) बिहानको पौँने ६ बजे धादिङबेँसीबाट प्रस्थान गरेका हामी कात्तिक महिनाको पावन समय सम्झेर देवघाटमा स्नानसन्ध्या गरी कुनै विद्वत्जनको प्रवचन सुन्ने सल्लाह बाटामै गर्यौँ ।
लगत्तै मैले मेरा अनन्य मित्र नारायण चालिसेलाई फोन लगाएँ र अनुरोध गरी भनेँ : हामी देवघाट जाँदैछौँ एकजना विद्वान्को सम्पर्क नं.दिनुुहोस् न, हामी डेढ घण्टा उहाँबाट साहित्यिक सांस्कृतिक एवं आध्यात्मिक प्रवचन सुन्न लालायित छौँ’ । तुरुन्तै उहाँले प्रा.डा.गुरुप्रसाद सुवेदी गुुरुजीको मोबाइल नं.दिनुुभयो । अनि हामीले लगत्तै सम्पर्क गर्यौँ र प्रवचन सुन्ने इच्छा जाहेर गर्दा उहाँले सहर्ष स्वीकार गर्नुुभयो । बिहानको ८ः३० बजे हामी देवघाट धाम पुुगी स्नानसन्ध्या गरेर उहाँको आवासमा भित्रियौँ । चिटिक्क परेको, प्रकाश आउने गरी बारबेर गरिएको, जमिनमा मिलाएर लहरै कपडाका चकटीहरू ओछ्याइएको सानो पण्डालमा हामी पद्यासन कसेर बस्यौँ ।
गण्डकी स्तुति गण्डकी स्नानमन्त्रलाई पनि यहाँ उल्लेख गरिएको छ । देवघाट-धामको छोटो परिचय दिँदै प्रा.डा.सुवेदीले धर्मशास्त्रमा तीर्थहरूको महिमालाई उद्घाटन गरेका छन् । तीर्थ शब्दको चिरफार गर्दै ‘तृ’ धातुदेखि ‘थक्’ प्रत्यय गरेर तरण वा उत्रिनुु अर्थमा तीर्थ शब्द निष्पत्ति भएको बताइएको छ ।
एक घण्टा पच्चीस मिनेट उहाँले नेपालको कोशी, वागमती, गण्डकी र कर्णाली सभ्यता अनि त्यस क्षेत्रका चर्चित उन्नायक पात्रहरू : याज्ञवल्क्य, जनक, गार्गी, अष्टावक्र, विश्वामित्र, कौशिक आदिका साधना र अभ्यासबारे बताउनुुभयो । देवघाटधामको संक्षिप्त चर्चा गर्दै आपूmद्वारा लिखित ‘देवघाटधाम’ भन्ने कृति हामीलाई प्रदान गर्नुुभयो । झन्नै डेढ घण्टाको उहाँको अनुसन्धानमूूलक सरल मन्त्रमुुग्ध प्रवचन सुनेर हामीले नयाँ ऊर्जा पाएको अनुुभव गर्यौँ । यस क्रममा उहाँले अब प्रज्ञाप्रतिष्ठानजस्ता प्राज्ञिक संस्थाले ज्ञानविज्ञान, प्रविधि, साहित्य, कला आफ्नो सनातन संस्कृति, योग र आध्यात्मिक पक्षमा केन्द्रित भएर देशप्रेम तथा पर्यावरणीय संक्षणका सिर्जनासंसारमा शोधपूर्ण रमण गर्न जरुरी छ भन्ने सुुझाब पनि पायौँ ।
नव्यव्याकरण एवं शांकरवेदान्ताचार्य प्रा.डा.गुुरुप्रसाद सुुवेदी व्याकरण र वेदान्तशास्त्रका निष्णात पण्डित हुनुुहुुँदो रहेछ । २०२५ साल असार १५ मा माता हरिकला सुवेदी र पिता पं. कमलाकान्तका पुत्ररत्नका रूपमा स्याङ्जाको चिलाउनेवासमा आँखा खोलेका उहाँ साहित्यमा पनि उत्तिकै रुचि राख्ने लाग्यो । आज उहाँकै उपयोगी कृतिलाई केही चर्चा गर्ने जमर्को गरेको छु । त्रियानब्बे पेज, सोह्रवटा शीर्षक, सूूत्रात्मक शैलीबाट देवघट्टमहात्म्य एवं गण्डकीमहात्म्यसहित विविध मन्दिरसहित सिद्धपुुरुषहरूको उल्लेख र चिनारीले भरिएको छ यो सुन्दर कृति । धर्मशास्त्र, समाजशास्त्र, संस्कृतिशास्त्रका विद्यार्थी, अध्येता र गवेषकलगायत हामीजस्ता सर्वसाधारणलाई पनि लाभप्रद हुनेगरी ‘स्वध्यायसदन देवघाटधाम’ ले यो कृति प्रकाशमा ल्याएको देखिन्छ । जसमा देवघाटको भौगोलिक एवं प्राकृतिक अवस्थिति यसरी दिइएको छ ः
(नेपालको तनहुँ, चितवन र नवपरासी जिल्लाको मिलनबिन्दुको रूपमा रहेको यो क्षेत्र भौगोलिक दृष्टिले ८५-२२’३०’ बाट ८४-३०’ ००’ पूर्वी अक्षांश र २७-४२’ ३०’’ बाट २७-४७’३०’’ उत्तरी देशान्तरको बीचमा पर्दछ । गोसाइँकुण्डदेखि आएकी श्वेतगङ्गा (त्रिशूली) र दामोदर कुण्ड एवं मुक्तिनाथदेखि आएकी कृष्णगङ्गाको संगमस्थल नै देवघाटधामको भौगोलिक परिचय हो । हिमवत्खण्डदेवदेश नेपालको करिब मध्यभागमा पर्ने धाम तनहुँ, चितवन र नवलपरासी तीन जिल्लाको मिलनबिन्दुमा अवस्थित छ । ५४.३४ हेक्टरमा फैलिएको यो क्षेत्रको प्राकृतिक विषमता समुुद्रसतहबाट २०० मिटरदेखि ५७५ मिटरसम्म रहेको छ । भित्री तराई र पहाडी धरातलले ओगटी समशीतोष्ण वातावरण भएको यो क्षेत्र वन्य पशुुपक्षीका लागि पनि मनपर्दो वासस्थान हो । यहाँ आयुुर्वेदीय गुण भएका जडिबुटीहरू पनि उत्तिकै पाइन्छन् ।)
गण्डकी स्तुति गण्डकी स्नानमन्त्रलाई पनि यहाँ उल्लेख गरिएको छ । देवघाट-धामको छोटो परिचय दिँदै प्रा.डा.सुवेदीले धर्मशास्त्रमा तीर्थहरूको महिमालाई उद्घाटन गरेका छन् । तीर्थ शब्दको चिरफार गर्दै ‘तृ’ धातुदेखि ‘थक्’ प्रत्यय गरेर तरण वा उत्रिनुु अर्थमा तीर्थ शब्द निष्पत्ति भएको र साथै अमरकोश अनुसार ‘निपानगमस्तीर्थम्’ अर्थात् तीर्थ शब्दले निपान (पानी, पोखरी) आगमशास्त्र, ऋषिहरूद्वारा सेवित जल र गुरुलाई पनि बुुझाउँछ । तर, पनि यस प्रसंगमा ऋषिद्वारा सेवित प्रसिद्ध नदी, ताल, तलाउ र नदीहरूको संगमलाई तीर्थ शब्दले लक्षित गरेको छ ।
शब्दकल्पद्रुम अनुसार तीर्थलाई तीन किसिमले वर्गीकरण गरेको देखाउँदै जंगम तीर्थ, मानस र स्थावर तीर्थको उल्लेख छ । मतलव कर्मनिष्ठ ब्राहृमण र साधुुसन्त जङ्गम तीर्थ हुन् भने सत्य, क्षमा, दया, दान आदि सद्गुुणहरू मानस तीर्थ पुकारिन्छन् । त्यसैगरी स्थावर तीर्थमा काशी, गया, पशुपतिनाथ, मुक्तिनाथ आदि पर्दछन् ।
वायुपुराण अनुसार तीनलोक (स्वर्ग, मत्र्य र पाताल) मा गरी तीन करोड तीर्थहरू भएको पाइन्छ । ‘सर्वास्तीर्थमया नद्यः’ ले सबै नदी, जलासय, तीर्थै हुन् भनेर पुष्टि गरेको छ । समस्त ज्ञानका आदि स्रोत वेद भएको तथ्यलाई विभिन्न वैदिक ऋचाहरू सप्रमाण उभ्याएर पर्यावरणीय सन्तुलनको पक्षमा श्रुतिग्रन्थहरूको योगदान स्पष्ट पार्नुुभएको छ । देवघाटको महिमा खण्डमा वराहपुुराण, पद्यपुराण, स्कन्दपुुराण (हिमवत्खण्ड)-मा उल्लेख भएका तीर्थहरूको सुुन्दर टिपोट छ । जसमा देवह्रद, वटुवामनतीर्थ, चक्रतीर्थ र स्नानको महत्वका साथै कदम्बतीर्थ, सिद्धाश्रम, देवघाट र यहाँको निवासको गरिमालाई खोतल्ने काम भएको छ ।
देवता, गन्धर्व, किन्नर, यक्ष आदिका सदम्पतीका वासस्थान रहेको गुुहृयता, शिवजीको जटाबाट हाम्फाल्दै आएका त्रिशुली र सेतीसहितका दृश्यअदृश्य अन्यनदीहरू साथै भगवान् श्रीकृष्णको शरीरबाट उत्पन्न कृष्णा गण्डकीको इतिवृत्ति यस पुस्तकमा झल्काइएको छ । आदि प्रयागको रूपमा हरिहर क्षेत्र र यज्ञको महिमालाई रोचक ढंगले वर्णन गरिएको पाइन्छ । यसै सन्दर्भमा गण्डकी क्षेत्रका चार पुुण्य क्षेत्रहरूको (मुुक्तिक्षेत्र, रुरुक्षेत्र, देवनदीसंगम हरिहरक्षेत्र र त्रिवेणीधामको सुन्दर वर्णन यो कृतिको विशेषता बनेको छ । समग्रमा देवघाटका अवान्तर तीर्थस्थलहरूको ऐतिहासिक र पुुरातात्विक महिमालाई प्रा.सुवेदीले खोतल्ने कोसिस गरेको भेट्टाइन्छ ।
अर्को खण्डमा तनहुँ जिल्लामा पर्ने दर्शनीय तीर्थक्षेत्रहरू : (पशुपति मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, सीता र वसिष्ठगुुफा, गलेश्वर आश्रम तथा ज्योति-लिंगेश्वर महादेव, दुुर्गा शक्तिपीठ एवं इनिदरा सन्यासआश्रम, अद्वैत संस्था, मणिमुुकुन्देश्वर मन्दिर, साँढेबगर, लक्ष्मीवराह भगवान्, प्रसिद्ध गुुरुकुल महेश सन्यास आश्रम, अभय वेदान्त साधना कुटिर, हरिहर मन्दिर एवं हरिहर सन्यास आश्रमसाथै अन्य दर्जनौँभन्दा बढी नदी मन्दिर र आश्रमको सुुन्दर परिचयपूर्ण टिपोट छ । देवघाटधामभित्र पर्ने चितवन जिल्लाका हेर्नलायक स्थलहरू झन्नै दुुईदर्जनभन्दा बढीको सङ्कलन पनि छ ।
त्यसैगरी नवलपरासी जिल्लातर्फका परिक्रमा मार्ग, मौलाकालिका मन्दिरलगायत धेरै ऐतिहासिक पौराणिक गरिमा बोकेका स्थानहरूको चिनारी गराएर देवघाटधाममा मनाइने पर्व र मेलाहरूको गरिमा दर्शाउन यो कृति उम्दा बनेको छ । माघेसंक्रान्ति, साउने सोमबार, शिवरात्रि, बालाचतुुर्दशी, ठूली एकादशी, ग्रहणस्नान र अन्य पर्वहरूमा देवघाटमा भक्तहरूको अपूूर्व जमघट सविस्तार उल्लेख छ । देवघाटमा पुुग्ने बाटाहरू, त्यस तीर्थमा गर्नुुपर्ने कर्महरूको फेहरिस्त सरल ढंगले प्रस्तुत भएको छ ।
यसैगरी वराहपुराणको देवघट्ट महात्म्यको प्रथम तथा द्वितीय अध्यायका चौसठ्ठी श्लोकहरू प्रस्तुत गरेर वराह भगवान् र पृथ्वीबीच भएका कुरालाई शिवजी र चन्द्रमामाझका रोचक संवाद जुुटाएर यो तीर्थको अलौकिकतालाई नेपालीमा अर्थ विस्तार गरिएको छ । त्यसैगरी स्कन्धमहापुराणान्तर्गत हिमवत्खण्डोक्त देवघट्ट माहात्म्य (जो ११५ श्लोक छ) संस्कृत नेपाली दुुबैमा सङ्कलन गरिदिएर हरिहरको भक्तिमा समर्पितहरूमा यो कृतिले ठूलो गुुन लगाएको छ । शालग्रामको आध्यात्मिक एवं वैज्ञानिक महताबोध गराउन ‘शालग्राम महात्म्य’ उद्धृत गरेर कृतिकार पाठकलाई गुन लगाएका छन् भने शंकराचार्यद्वारा रचना गरिएको एघार श्लोके गण्डकीस्तोत्र पनि समाहित छ । कृतिको अन्तिम भाग ‘देवघाटधाममा योगदान दिने अविस्मरणीय व्यक्तिहरूको परिचर्चा छ ।
जसमा राजा मणिमुकुन्दसेन, योगनिष्ठ हठयोगी गलेश्वरबाबा (जो विसं १९५४ मा ताप्लेजुुङको दोखुु गाउँपञ्चायत जन्मेका यदुनाथ घिमिरे) राष्ट्रगुरु योगी नरहरिनाथ, स्वामी परमानन्द सरस्वती, स्वामी आशुतोषानन्द सरस्वती, अलौकिक सिद्धि भएकी हरिशरण आमा, मकैखोले बाबाबाट परिचित पदमलाल सुुवेदी, अघोर सम्प्रदायका साधक अघोरी पगला बाबा, बाबा डिल्लीराम ब्रहृमचारी, स्वामी जनार्दनाचार्य, स्वामी नारायणानन्द गिरी, स्वामी लक्ष्मीशरण देवाचार्य, स्वामी आत्मानन्द गिरी, सन्त शिरोमणिअन्य डा.स्वामी रामानन्द गिरी, स्वामी ज्ञानानन्द सरस्वती महाराज, विरक्त सन्त श्री १००८ स्वामी कृष्णानन्द सरस्वती महाराज, सन्त रामानन्द सरस्वती आदि सन्त बाबाहरूको योगदान र लोकोत्तर साधनाको चित्र अङ्कित छ यस पुस्तकभित्र ।
अन्य विशिष्ट व्यक्तिहरूमा मन्त्रमुुग्ध प्रवाचक आचार्य खेमराज केशवशरण, फलाहारी बाबा, धर्मशास्त्र विषयका प्रामाणिक व्यक्तित्व पं.कमलाकान्त सुवेदी, राजनीतिक-सामाजिक-धार्मिक र दानवीर छवि भएकी मैयादेवी श्रेष्ठ, आदि सुपात्रहरूबाट यस धामको समुुत्थानमा खेलिएको अब्बल चरितचर्याको सूूत्रात्मक ज्ञानकुुञ्ज भएको छ प्रा. डा.गुुरुजीको सङ्कलन ।
अन्य विशिष्ट व्यक्तिहरूमा मन्त्रमुुग्ध प्रवाचक आचार्य खेमराज केशवशरण, फलाहारी बाबा, धर्मशास्त्र विषयका प्रामाणिक व्यक्तित्व पं.कमलाकान्त सुवेदी, राजनीतिक-सामाजिक-धार्मिक र दानवीर छवि भएकी मैयादेवी श्रेष्ठ, आदि सुपात्रहरूबाट यस धामको समुुत्थानमा खेलिएको अब्बल चरितचर्याको सूूत्रात्मक ज्ञानकुुञ्ज भएको छ प्रा.डा.गुुरुजीको सङ्कलन । यो पावन देवघट्टको स्नानमहिमालाई वराहपुराणले यसरी महिमा गाएको छ :
तस्मिन् ह्रदे महापुुण्ये पुुण्यनद्योस्तु संगमे ।
स्नानाच्छताश्वमेधानां फलं प्राप्नोति मानवः ।।
स्नात्वा तत्र तु वैशाखे गोसहस्रफलं लभेत् ।
माघमासे पुनः स्नात्वा प्रयागस्नानजं फलम् ।।
कार्तिके मासि यः स्नाति तुलासंस्थे दिवाकरे ।
विधिना नियतः सोपि मुुक्तिभागी नसैशयः ।।
(अर्थात् पुण्यनदीहरूको संगम भएको यस पवित्र पुण्यमय तलाउमा स्नान गर्नाले भक्तहरू सय अश्वमेध यज्ञ गरेको फल पाउँदछन् । त्यस्तै वैशाखमा स्नान गर्दा एक हजार गाई दान गरेबरोबर उपलब्धि प्राप्त गरिन्छ भने माघको स्नान प्रयागस्नानसरह हुन्छ । तुुला राशिमा सूूर्य गएको बखत कात्तिक महिनामा स्नान गरियो भने मुुक्ति नै पाइन्छ, यसमा कुनै सन्देह छैन ।)
यस कृतिका रचनाकार वा सङ्कलक अनुसन्धान तथा लेखनमा अभ्यस्त हुँदै आउनुुभएका उहाँ हाल महेन्द्र संस्कृत विश्वविद्यालय दाङ बेलझुुण्डीका असल र योग्यतम प्राध्यापक हुनुुहुन्छ । मूूलतः उहाँका कृतिहरू : शब्दद्वैताब्रहृमाद्वैततयोस्तुलनात्मकमध्ययनम्, (शोधग्रन्थ) संस्कृतका अनुवाद र व्याख्या ग्रन्थहरू, शिवमहिम्न स्तोत्रम्, रुद्राष्टाध्यायी, श्रीमद्भागवत् भूमिका, वाक्यपदीय नेपालीटीका, वैयाकरणभूूषणकारिका, समासपरिचय, व्याकरण दर्शन, इतिहास सहलेखन, संस्कृत रचना कक्षा १, २ र ३, चक्रवर्ती/पिएचडी सन् २००० बनारसबाट हासिल ।
यिनले स्नातकोत्तर तहको वेदान्त एवं व्याकरण विषयका परीक्षामा सर्वोत्कृष्ट भई स्वर्णपदक हात लगाउन पुुगेका थिए । राष्ट्रिय गुरुकुल शिक्षापरिषद्का संस्थापक अध्यक्ष, देवघाट क्षेत्र विकास समितिका पूूर्वअध्यक्ष, नेपाल सन्तसमाजका सचिव, शैक्षणिक एवं धार्मिक गोष्ठी तथा समारोहमा व्याख्यान, महेश सन्यास आश्रमका सञ्चालक सदस्य हुँदै थुुप्रै संघसंस्थाहरूमा नायकत्व लिएका प्रशिक्षकीय सुपात्र हुन् । सरलता, विनम्रता, साख्यभावका धनी प्रा.डा.गुुरुप्रसाद सुवेदी साँच्चैका गुुरुहरूका मेधावी प्रसादकै कारण उनको शोधको क्षितिज पनि विस्तीर्ण हुँदै गइरहेको छ । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच