ओलीको पार्टीले झुटको खेती गरेर जनता झुक्यायो : सञ्चारमन्त्री कार्की

हिमालय टाइम्स
Read Time = 3 mins

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाउनु भएको छ ।

शनिवार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताउनु भयो । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहनुभएका काँग्रेस नेता कार्कीले ओलीउपर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताउनु भयो । मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा एउटा पार्टी छ, नेकपा एमाले भन्ने जुन पार्टीले नेपाली जनतालाई सधैँ झुटो, पूरा नहुने सपना देखाएर नेपाली जनतामा नैराश्यता ल्याउने काम गर्दछ । हामी जे बोल्छौँ त्यो गर्छौं । नेकपा एमले भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे भन्छ, त्यो बोल्दैन । केपी ओली प्रधानमन्त्री हुने बित्तिकै उहाँको ध्यान निर्वाचनको ताका जनताका अघि गरेका वाचाहरुलाई पूरा गर्न सक्दैन । संविधानले प्रदान गरेका हक र अधिकारलाई कुण्ठित गरेर सबै हक र अधिकार आफ्नो मुठिमा रख्ने प्रयत्नमा लाग्नुभयो । अहिले हामी गठबन्धनको संस्कृतिलाई अघि बढीरहेको छ ।’

मन्त्री कार्कीले नेपाली काँग्रेसले बोलेका कुरा गर्ने भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गर्नुभयो । उहाँले अहिले गठबन्धनको संस्कृतिलाई अघ बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दाबी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?