पेप्सीकोलामा सवारी दुर्घटना, सात जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बस र बोलेरो जीप एकआपसमा ठोक्किएका छन् ।

आइतबार बिहान पेप्सीकोला छाप्रोस्थित सडकमा बस र बोलेरो ठोक्किएको काँडाघारी प्रहरीले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बस र बोलेरो ठोक्किँदा मोटरसाइकल र स्कुटरसमेत बीचमा च्यापिएको छ । तर, यसबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?