काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले जितको ह्याट्रिक गर्नुभएको छ । मतगणनाको अन्तिम परिणाम नआउँदै उहाँ विजयी हुनुभएको हो ।
विजयी भएसँगै मतगणना स्थलमा पुग्नुभएका केसीले समर्थकसँग खुसी साट्दै जनताको अभिमतलाई खेर जान नदिने बताउनुभयो । केसीले २०७०, २०७४ र २०७९ मा लगातार तीन वटा चुनाव सोही क्षेत्रबाट जित्नुभएको छ ।
केसीको विजयसँगै काठमाडौंमा कांग्रेसले काठमाडौंका १० मध्ये ५ सीट जितेको छ । यसअघि कांग्रेसले २०७४ सालमा काठमाडौं क्षेत्र नम्बर १,४,६ र १० नम्बरमा जितेका थियो ।
यसपटक विगतमा एमालेले जितेको क्षेत्र नम्बर ३ र ५ मा समेत जित निकाल्दा विगतमा जित्दै आएको ६ नम्बर क्षेत्र गुमाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच