काठमाडौंमा सिल्क रोड चाइनिज म्युजिक कन्सर्ट सम्पन्न

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा सिल्क रोड चाइनिज म्युजिक कन्सर्ट सम्पन्न भएको छ ।

कन्सर्ट कार्यक्रममा फ्लावर्स ब्लुमिङ अण्डर द पूर्णिमा, द सिल्क रोड, ट्युन्स अफ किन मलबेरी, एम्बुस फ्रम अल साइड्स, कुन्कु ओपेरा, द पियोनी प्याभिलियनलगायतका धेरै परम्परागत चिनियाँ सांगीतिक कलाकृतिहरु प्रश्तुत गरिएको थियो ।

उक्त अवसरमा चीनको गोल्डेन बेल स्टार्स एन्सेम्बलका खेलाडीहरुले नेपाली गीत रेशम फिरिरि र भिट्टोरियो मोन्टीले रचना गरेको भायोलिनको टुक्राबाट गीत प्रश्तुत गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?