संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ ।

आईतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभएको हो । उहाँकाअनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ ।

असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

उहाँले भन्नुभयो, ‘असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ । संविधान दिवस मुल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेको छ । २ गते विभिन्न कार्यक्रम जस्तो स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, ३ गते भव्य, वृहत कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत कार्यक्रम गर्ने । विदेशस्थित राजदुतावासहरु,कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाउने ।’

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?