कूटनीतिक पहल र संवादबाट नक्सा विवाद समाधान गर्छाै : परराष्ट्रमन्त्री

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । नेपालले जारी गरेको नक्सा विवादको समस्यालाई कूटनीतिक पहल र वार्ताको माध्यामबाट समाधान गरिने परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले बताउनु भएको छ ।

चीन सरकारले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्र भारतमा समेटिएको विषयमा बोल्दै यस्तो बताउनु भएको हो । सिद्धिचरण नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न मन्त्री साउद ओखलढुंगा आउनुभएको थियो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सन्चारकर्मीहरुको प्रश्नमा जवाफ दिदै नक्सा विवादको समस्यालाई कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताउनु भएको हो ।

नेपालको सार्वभौम संसदले सर्वसहमतिले पारित गरेको नक्सा प्रति हामी कमिटेड छौ, हामीले गरेको निर्णय र हाम्रो नक्साको बारेमा सबै छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायले सम्मान गरोस् स्वीकारोस भन्ने धारणा छ; ‘उहाँले भन्नुभयो ।” नक्साका बारेमा वा देशको सीमानाको बारेमा कुनै बिवाद भई समस्या उत्पन्न भएमा, कूटनीतिक वार्ता र संवादबाट समाधान गरिने नेपाल सरकारको नीति नै रहेको बताउनु भएको छ । संसदले पास गरेको नक्सा सम्बन्धित देशहरुमा प्रोपर च्यानलमार्फत पठाउनु पर्ने हुन्छ, तर गएको वा नगएको विषयमा बुझ्दा नक्सा सम्बन्धित देशहरुमा गएको ठोस जानकरी आफुले नपाएको बताउनु भयो । तत्कालीन समयमा केहि जिम्मेवार ब्यक्तिले नै नक्सा पठाईसकिएको भनिएता पनि सम्बन्धित महाशाखाले नोट पठाईसकिएको भन्ने जानकारी दिएको छैन । “हाम्रो नक्साको बारेमा हामी प्रतिबद्ध छौ, यसलाई ठुलो विवाद बनाएर समस्या समस्यमा निम्त्याउने भन्दा पनि कूटनीतिक पहल र संवाद बाट नै समाधान खोज्ने प्रयासमा छौँ ।”

मन्त्री साउदले नेपालको बिग्रँदो अन्तर्राष्ट्रिय सम्बन्ध हालको सरकारको अग्रसरतामा सुधारोन्मुख रहेको बताएका छन् । यो भन्दा अगाडी छिमेकी देशहरु लगायत अन्तर्राट्रिय समुदायहरु सँग पनि भरपर्दाे र विश्वासको सम्बन्ध कायम गर्न नसक्नु कमजोरी भएकाले वार्ता र कूटनीतिक पहलबाट केहि सुधार भएको बताउनु भएको छ ।

बिग्रिएको अन्तर्राट्रिय सम्बन्धलाई सुधार गर्दै ठिक ठाउँमा ल्याएर मुलुकको आर्थीक विकास र समुन्नतीमा यो सरकार सफल भएको मन्त्री साउदले बताएका छन् । अहिलेको सरकार पारदर्शिता र सुशासनको पक्षमा रहेकाले विगतका दिनमा भएका भ्रष्टचारका मुद्धाहरुलाई छनबिन र आवश्यक कारवाही गरिरहेको बताउनु भएको छ । अघिल्लो सरकारको पालामा भएका आर्थीक अपचलन र आर्थीक अपारदर्शिताका मुद्धाहरु अहिले आईरहेको र त्यस्ता मुद्धालाई अहिलेको सरकारले वस्तविक छानविन गरी दोषीलाई कारवाही गर्ने पक्षमा भएको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?