सिटिजन्स म्युचुअल फन्ड-२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । सिटिजन्स म्युचुअल फन्ड-२ को लाभांश सुरक्षित गर्ने आज सोमबार भदौ १८ गते अन्तिम दिन हो ।

यस फन्डले नगद लाभांश वितरण गर्न मंगलबार भदौ १९ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सिटिजन्स म्युचुअल फन्ड-२ का इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यसर्थ, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यस कोष व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?