होटल स्क्‍वायरको स्विमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुरको पुल्चोकस्थित होटल स्क्‍वायरमा रहेको स्विमिङ पुलमा शुक्रबार साँझ पौडी खेल्न गएका एक जनालाई करेन्ट लागेर गम्भीर भएका छन् ।

करेन्ट लागेर मानभवन निवासी सजिलमान शाक्य गम्भीर घाइते भएको परिवारले दाबी छ । स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएको परिवारले दाबी गरेको छ ।

उनको अहिले नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

श्रीमती र छोरीसहित शाक्य होटलमा गएका थिए । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर छोरी निस्किएका बेला उनलाई करेन्ट लागेको  आफन्तको दाबी छ ।

गम्भीर घाइते शाक्यकी बहिनी सुस्मिताका अनुसार, हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान गरिएको पाइएको छ ।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनको हालसम्म होस नआएका परिवारका सदस्यले बताए । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शाक्य परिवारले होटल स्क्वायरको लापरवाहीका कारण सजिललाई करेन्ट लागेको दाबी गर्दै छानबिनका लागि उजुरी समेत दर्ता गराएको छ ।

घाइते शाक्यको शरीरको अन्य अंगको अवस्था सामान्य रहे पनि बेहोस भएर मस्तिष्कमा आवश्यक अक्सिजन नपुगेकोले त्यसमा गम्भीर आघात पुगेको छ ।

होटल सञ्चालक रोमी अर्याल देवकोटाले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गर्नुभयो ।

हरेक दिन परीक्षण गर्ने गरेको बताउँदै उहाँले बाँकी कुरा प्रहरीको अनुसन्धानबाट खुल्ने समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?