प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । सप्तरी क्षेत्र नं. ४ ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई कर्तव्य ज्यान मुद्दामा सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

माओवादी नेता गोविन्द चौधरीको हत्या अभियोगमा प्रदेश सप्तरी क्षेत्र ४ ख बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव अदालतबाट दोषी ठहर भए पछि सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।

प्रदेश सभा सदस्य यादवको निर्देशनमा साविकको बोदे बर्साइन गाविस –४ बाट वि.स. २०६४ असार ९ गते सप्तरी खोक्सर प्रवाह –१ का ३२ वर्षीय माओवादी नेता दीपु भनिने गोविन्द चौधरीलाई नियन्त्रणमा लिई नेङ्गडा गाविस –५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोग पत्रमा उल्लेख छ ।

विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी हुनुभएको थियो ।

सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीका अनुसार फैसलाको सम्पूर्ण अभिलेख सर्वोच्चले जिल्ला प्रहरी कार्यालयलाई पठाउने बित्तिकै सदस्य सिंहलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको जानकारी दिनु भयो ।

प्रदेश सभा यादव चार वर्ष जेल सजाय तोकिएका सिंह प्रदेश सभामा तीनै तहको अदालतबाट दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकिदिए पछि मधेश प्रदेश सभामा प्रदेश सांसदमा निर्वाचित हुनु भएको थियो ।

यादवलाई सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते अनिरुद्र सहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखर चन्द्र अर्यालको २०७५ भदौ ९ गतेको संयुक्त इजलासले यादवको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वम कुमार श्रेष्ठकाे संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ ।

मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ । उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार हुनुभएको थियो ।

अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?