एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।

नपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका उनले ८ चौकाको मद्दतमा ५८ रन जोडे ।

सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए ।

कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए ।

नेपाल लागि गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए ।

कप्तान रोहित पौडेल भने ५ रन आउट भए । उनलाई रवीन्द्र जडेजाको बलमा रोहित शर्माले क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए । करण केसी २ रनमा अविजित रहे ।

भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३-३ विकेट लिए । मोहम्मद शामीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहम्मद शामी र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?