इन्दुशंकरले उन्नत जातको उखु बिउ र आधुनिक औजार किसानलाई दिने

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । उखुको खेती घट्दा चिनी उद्योग नै संकटमा पर्न थालेपछि इन्दुशंकरले आफ्ना किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराई बीउ वितरणको तयारी गरेको छ ।

पछिला बर्षमा उद्योगले आफ्नो क्षमता अनुसार मिल संचालन र्गन नसकिरहेको बेला यस उद्योगले किसानलाई पेस्कीमा उन्नत उखुको बिउमा उपल्वभ गराउने तयारीमा रहेको छ । उत्पादन वृद्धि गर्ने उद्देश्यसहित सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उन्नत जातको उखुको बीउ जगाउँदै लगेको छ ।

उद्योगले अहिले २८ बिघा जग्गामा विभिन्न तीन जातका उखु लगाएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिनुभयो । रजकका अनुसार भारतबाट ल्याइएको ‘सिओ १५०२३’, ‘कस १३२३५’ र ‘कल्क १४२०१’ विरुवा उद्योगले जगाउँदै लगेको हो ।

गत वर्ष १५ कठ्ठा क्षेत्रफलमा लगाइएको यि तीन जातका उखुको बीउ यो वर्ष विस्तार गरेर २८ बिघामा फैलाइएको उखु प्रवन्धक रजकले बताउनुभयो । ‘हामीले गत वर्षदेखि उन्नत जातको उखुको बीउ जगाउँदै लगेको छौँ, यो वर्ष अब किसानलाई समेत बाँड्ने तयारी छ,’ उखु प्रवन्धक रजकले भन्नुभयो, ‘यि जातका उखु रोप्दा उत्पादन बढेर जान्छ, यसबाट उखु किसानको आम्दानीमा वृद्धि समेत हुन्छ ।’

इन्दुशंकरले २८ बिघामा तयार पारेको उखुको बीउ करिव एक हजार पाँच सय बिघा जग्गामा रोप्न पुग्ने बताइएको छ । उद्योगले लगाएको उन्नत जातको उखुको अहिले किसानलाई अवलोकन गराउने काम भइरहेको छ ।

किसानलाई आधूनिक औजार उपकरणको प्रयोग गरी उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्ने उद्देश्यले उद्योग आफैले उखु खेतीको अवलोकन गराइरहेको उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले बताउनुभयो । ‘सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरिका र यि जातका उखु लगाउँदा हुने उत्पादन लगायतका विषयमा प्रष्ट पार्न उद्योगले नै खर्च बेहोरेर अवलोकन गराइरहेको छ,’ प्रशासन प्रमुख नेपालले भन्नुभयो ।

किसानले यसअघि तीन आँख्ला भएको उखु रोप्ने गरेका थिए । उद्योगले लगाएको उन्नत जातको उखु भने एक आँख्ला मात्रै रोप्दा पनि हुन्छ । एउटा मात्रै आख्ला रोप्दा पनि १० वटा भन्दा बढी उखु उत्पादन हुने उखु प्रवन्धक रजकले बताउनुभयो ।

उद्योगले उन्नत जातको उखु खेती विस्तार गर्न भन्दै अवलोकनको व्यवस्था गर्दा किसानले खुुसी व्यक्त गरेका छन् । बागमती नगरपालिका–११, का किसान प्रकाशजङ्ग पाण्डेले उद्योगले जगाउँदै लगेको उन्नत जातको उखुको बीउ अत्यन्त उपयोगी र उत्पादनको हिसाबले पनि राम्रो लागेको बताउनुभयो ।

‘यो अवलोकनले उखु खेतीमा नयाँ प्रविधि र तरिका जान्ने अवसर मिल्यो,’ पाण्डेले भन्नुभयो, ‘यि उन्नत जातका उखु चार फिटको दुरीमा रोप्दा पनि हुने, त्यसरी रोप्दा ड्याङ फराकिलो र व्यवस्थित हुने कुरा थाहा पायौँ ।’

उखुको खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि इन्दुशंकरले आफ्ना किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराइ बीउ वितरणको तयारी गरेको छ । उद्योगले आफनो कच्चा सामाग्री उखु उत्पादनमा जसरि लगानी गरि रहएको छ ।

त्यसैगरि सरकारले समेत उखु किसानको हकमा काम गरे देश चिनीमा अत्मा निरभर हुने देखिन्छ । जस्को लागि सरकारले समयमा किसानलाई आवश्यक पर्ने रसायनिक माल, प्रवीधिक सहयोग, आन्दोलन बिनै अनुदान तथा राज्यको तर्फबाट समेत किसानको हितकार नीति लीन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?