विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि सहुलियत दिन सरकार तयार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तारको लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।

बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको उल्लेख गर्नुभयो ।

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उहाँको भनाई छ । मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताउनु भयो ।

सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवर्द्धनको लागि सरकारले नीतिहरु निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले अपौचारिक रुपमा देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरिरहेका छौं । यो चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै होइन इभीमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं । विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ । सरकारले ५१ स्थानमा मात्रै नभएर अब निकट भविष्यमा नै देशभर व्यापक रुपमा बिस्तारको योजना बनाएका छौं । सरकारले त्यो योजनाका साथ काम गरिरहेको छ । जलविद्युत क्षेत्रको दिगो विकासको लागि प्रविधिको विकास र अनुसन्धान र विद्युतीय सामग्रीको उत्पादनको दृष्टिले होस् वा विद्युतीय सवारी साधनहरुको प्रवर्द्धनको लागि सरकारले केही नीतिहरु निर्माण गरिहेको छ । उपयुक्त कानूनी व्यवस्थाहरु गरिरहेको छ । तर अब यो क्षेत्र कानूनी व्यवस्थामा मात्रै सिमित छैन । व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउँदै छौं । यो एउटा नयाँ अभियानको थलनी गर्दैछौं । नेपालको हरित दिगो विकासको यात्रामा यो महत्वपूर्ण सावित हुनेछ । विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्छ । त्यसको लागि पनि सरकार छलफल गरिरहेको छ । सरकारले विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन र बिस्तारको लागि दिनुपर्ने सहुलियत तयार गर्नुपर्ने अनकुल वातावरण बनाउन सरकार तयार छ । त्यसको लागि जिम्मेवारीपूर्वक कामहरु अगाडि बढाएका छौं । विद्युतीय कम्पोनेण्टको विकास र बिस्तारको लागि परिणाममुखी कामहरु शुरु भएको छ ।’

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनकोे क्षेत्रलाई सरकारले कानूनी व्यवस्थामा मात्रै सिमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउने बताउनु भयो । चार्जिङ स्टेशसनहरुको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण सावित हुने मन्त्री बस्नेतको भनाई छ । उहाँले विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?