बाँदरले नरिवल पायो भने खान सक्दैन । एकछिन ओल्टाइपल्टाई हेर्छ र फालिदिन्छ । नरिवलभित्रको स्वाद उसले पत्तो पाउँदैन । यही हो यो उखानको शाब्दिक र यसले दिने व्यङ्ग्यार्थ पनि । व्यवस्थाको परिचय सदा समृद्धि हुुने गरेको हुन्छ । मुुलुुक दिन प्रतिदिन समृद्ध हुुन देशका नागरिकले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारमा फड्को मार्नुु आवश्यक छ । लेखनमा स्वतन्त्रता तथा बोलीमा स्वतन्त्रता पाए भने मुुलुुक समृद्ध हुन्छ भन्ने विश्वास शासन व्यवस्थाको परिचय बनेर आएको हुन्छ । जसलाई प्रेश स्वतन्त्रता पनि भन्ने गरिन्छ । आमनागरिकले पाउने वाक् र लेखन स्वतन्त्रता अराजक नबनोस् यही कामना शासनमा बसेका सत्ताशीन व्यक्तिहरूमा सदा रहनुुपर्दछ । यदि त्यही स्वतन्त्रताले नागरिकलाई दुुःख दियो भने व्यवस्था नै बाँदरको हातमा नरिवल हुने गर्दछ ।
यो अवस्था शासनमा कहिले पनि देखिनुु हुँदैन । यस्तो अवस्था आयो भने शासन व्यवस्था र त्यसले निर्वाह गर्ने सबै संयन्त्र पङ्गुु बनेर बाहिर आउने गर्दछन् । व्यस्थाका हरेक अङ्ग अराजक अवस्थामा पुुगेर विश्राम लिने गर्दछन् । त्यसैले व्यवस्थाका सञ्चालक र उनीहरूले चलाएको शासकीय पद्दति सदा जनता र नागरिकप्रति उत्तरदायी हुनुु अत्यन्त आवश्यक मानिएको छ । हस्तिनापुरका शासक धृतराष्ट्रले जब दुुर्योधनलाई शासनको वाग्डोर सम्हाल्न दिए त्यहाँ अराजकको अवस्था सिर्जना भएको देखियो । पिताको वचनप्रति आँखा चिम्लने, महामन्त्री विदुर, भीष्म पितामह र गुुरु द्रोणचार्यका राज्यहितका वचनप्रति वास्ता नगर्ने दुुर्योधनका लागि हस्तिनापुरको शासन बाँदरको हातमा नरिवल सावित भएको थियो । उनका कारण नै तत्कालीन समयमा नरसंहार भयो । नेतृत्व दुुर्योधनका हातमा थियो । उनको नेतृत्वले हस्तिनापुरवासी र पाण्डवप्रति न्याय गर्न सकेन र भोग्नुुप¥यो ठूूलो नरसंहार ।
गणतन्त्रमा प्रवेश गरेदेखि नै हाम्रो देशमा अराजक गतिविधि हुुन थालेका छन् । हामीले सजिलो तरिकाले गणतन्त्रलाई स्वागत गर्यौँ । व्यवस्थालाई चुुस्त र दुुरुस्त बनाउन सक्रिय पनि भयौँ । विकासलाई समृद्धिको नारा पनि बनायौँ तर हाम्रो देशका शासक पनि सदा परिवारमोहमा लर्बरिए ।
अन्यमनस्क पिता :
दुुर्योधनको अवस्था र उसले हस्तिनापुरमा मच्याएको अराजकताबाट स्वयं धृतराष्ट्र नै आजित भएका थिए । उनले सम्झाउँदा पनि दुुर्योधनले नटेरेका कारण धृतराष्ट्र अन्त्यमा शान्तिदूूत बनेर आएका कृष्णलाई सम्बोधन गर्दै भन्छन् ः
नमंस्यन्ते दुुरात्मानः पुुत्रा मम जनार्दन
अङ्गं दुुर्योधनं कृष्ण मन्द शास्त्रतिगं मम
अनुुनेतुुं महाबाहो यतस्व पुुरुषोत्तम
हे कृष्ण ! म स्वयं आफ्नो वशमा छैन । राज्यमा जे जस्ता क्रियाकलाप भएका छन् त्यो मलाई पटक्कै मन परेको पनि छैन । के गर्नु मेरो दुुरात्म छोरो मैले भनेको मान्दैन । कृष्ण शास्त्रको आज्ञालाई नमान्ने मेरो मूर्ख छोरो दुुर्योधनलाई हजुरले नै सम्झाइदिनुुहोस् । यो छोराको कर्मबाट हरेश खाएको पिताको अभिव्यक्ति हो । यो पिता साधारण परिवारको पिता होइन । यो पिता हस्तिनापुरको प्रधान शासक हो । उनमा पुुत्रमोह एकातिर विद्यमान् थियो भने हस्तिनापुरको शासकीय पद्यति अर्कोतिर थियो । पुुत्रको अराजकताबाट दुुुःखित पिता स्वयं आश्रय र कर्मबिहीन बनेर देखापरकोे छ ।
यो दुुर्योधनमा देखापरेको अराजकताको अति उच्च अवस्था हो । शासक पिता आफू राजकुुमार तर शासकले भनेको कुरा राजकुमारले नमान्दाको अवस्थामा धृतराष्ट्र कमजोर भएर कृष्णसित आश्रय मागे । पिताका वचनप्रतिको अराजकता दुुर्योधनका लागि मृत्युुको कारण बन्यो । यही कारणबाट हस्तिनापुर मात्र होइन तत्कालीन भारतवर्ष रक्तरञ्जित बन्यो । यो शासनमा देखापरेको अराजकता र त्यसले निम्त्याउने अवस्थाको चित्र हो ।
न श्रृणोति महाबाहो वचनं साधुुभाषितम्
गान्धार्याश्च हृषिकेश विदुुरस्य च धीमतः
अन्येषां चैव सुुहृदां भीष्मादीनां हितैषिणाम्
हे कृष्ण ! उसले सत्पुुरुषका वचनलाई सुुन्दैन । आमा गान्धारी, बुुद्धिमान् विदुुर, हस्तिनापुरको हितलाई सर्वोपरि ठान्ने भीष्मपितामह तथा अन्य आफन्तको कुरा पनि सुन्दैन । यो पुुत्रको अराजककार्यबाट आजित भएका पिताको उक्ति हो । यी वचन एउटा त्यो पिताको हो जसले पुुत्रमोहमा परेर आफ्नै दाजुुका सन्तानलाई अधिकार नदिएर हस्तिनापुर छोड्न बाध्य बनायो । यो बाध्यता होइन । यदि युुद्ध भयो भने मेरा सन्तति सबै नाश हुन्छन् भन्ने भविष्यको चिन्ता पनि होे । सन्तानका लागि भविष्यको चिन्ता सबैको हुन्छ तर अराजक व्यवहार देखाउने दुुर्योधनप्रति धृतराष्ट्रको चिन्ता मोह हो । यही मोहका कारण उनको परिवारको समूूल नष्ट भएको तथ्यलाई कसैले नकार्न सक्दैन ।
गणतन्त्रमा प्रवेश गरेदेखि नै हाम्रो देशमा अराजक गतिविधि हुुन थालेका छन् । हामीले सजिलो तरिकाले गणतन्त्रलाई स्वागत गर्यौँ । व्यवस्थालाई चुुस्त र दुुरुस्त बनाउन सक्रिय पनि भयौँ । विकासलाई समृद्धिको नारा पनि बनायौँ तर हाम्रो देशका शासक पनि सदा परिवारमोहमा लर्बरिए । उनीहरूको परिवारमोहले देशको अवस्था र विकासका पूूर्वाधार कमजोर भए । उनीहरू र उनीहरूको परिवार सम्पन्न बन्दै गयो । देशको जनशक्ति बाहिरिँदै गयो । आज हाम्रो पनि हालत अब धृतराष्ट्रको जस्तो हुने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताएको छ ।
अराजक हुने स्थिति :
नेपालमा गणतन्त्र आएपछि दोस्रो आमनिर्वाचन सम्पन्न भयो । आजको नेपालमा स्थानीय, प्रादेशिक र सङ्घीय सरकार विद्यमान् छन् । स्थानीय सरकारले स्थानीय तह हेर्ने गर्दछ । प्रादेशिक सरकारले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्ने वाचामा समर्पित छ । सङ्घीय सरकार नेपालको सार्वभौम, अखण्डताप्रति सचेत रहेर देशलाई समृद्धिको बाटोमा डोर्याउने प्रयासमा निरन्तर जागरुक हुनुुपर्दछ । व्यवस्थाका हरेक अङ्ग र तिनमा रहेका सरकारका संयन्त्रहरू सबलरूपमा अघि बढ्नुुपर्ने अवस्था आजको आवश्यकता थियो । हाम्रो देशको शासन त हस्तिनापुरका दुुर्योधनले सञ्चालन गरेको शासनभन्दा पनि अराजक बनेर देखियो । स्थानीय सरकारका कर्मचारीमा देखिने यौनदुुराचार बाहिर आउन थाले । राज्यका संयन्त्रमा बसेर राज्यको भत्ताबाट भरणपोषण गर्ने व्यक्तिबाट बोलिने बोली नै अराजक बनेर बाहिर आउन थाले किन ?
विदेशी भूूमिलाई आफ्नो यौवन सुुम्पेको युुवा देशमा आउन लालायित बनाून् । विदेशी भूमिबाट बाकसमा बन्द भएर आउनु नपरोस् यही कामना हरेक नेपालीको होइन र ! गणतन्त्रको चौधौँ वर्ष बितिसक्दा आमयुुवाले के पाए ।
हाम्रो देशमा धर्म, संस्कृति, भाषा र जातिका बीच कहिले पनि द्वन्द्व चर्किएन । सामाजिक अवस्थामा मिलेर बसेका हामीलाई सदीयौँदेखि फुटाउने प्रयास नगरिएको होइन । हामीलाई र हाम्रो सामाजिक मान्यतामा खलल पुु¥याउन खोज्ने कसैलाई पनि हाम्रो एकताले कहिले पनि बाहिर आउन दिएन । तर, आजकलको समाज विकासका साथै मानवीय भावनाबाट पर पुुगेको देखिन्छ । एउटा जनप्रतिनिधि सङ्घीय सरकारलाई चोर सरकार भन्न बाध्य हुन्छ किन ?
यो अवस्था नेपाली जनताले सिर्जना गरेका होइनन् । जनता असचेत होइन । सचेत छ । सचेत भएर पनि ऊ विदेशी भूूमिमा मडारिन बाध्य छ । देशका हरेक नेता भ्रष्टाचारको जालोबाट बाहिर निक्लने प्रयासमा लागिपरेको छ । दिनप्रतिदिन नयाँनयाँ भ्रष्टाचार र तस्करीका काण्डहरू बाहिर आउँछन् तर तिनको समाधान हुन सक्दैन । कसैले लोकप्रिय हुने नाममा अनेकप्रकारका प्रचारात्मक बोल बोलेर आफूलाई तरोताजा बनाउने अवस्थामा देखिएका छन् ।
देशको अवस्था र धर्मप्रतिको असहिष्णुुभावले मानिसलाई कहिले पनि भलो गर्दैन । अनायका विनश्यन्ति नश्यन्ति बहुुनायका नायक नभएको देश र धेरै नायक भएको देशको हालत एउटै हुन्छ भन्ने कुरालाई हाम्रो शासकीय पद्यतिले देखाएको छ । नेताहरू माथि साङ्घातिक आक्रमण आरम्भ हुुन थालेको छ । सुधारको कुनै सङ्केत देखिँदैन किन ? शासनमा देखिने अराजक स्थितिले देशको भलो कहिले पनि गर्दैन । शासकीय पद्यति र त्यसले दिने सुुविधा आम जनताका लागि हुनुुपर्ने हो तर त्यसो हुन सकेको देखिँदैन । माम, दाम र कामका लागि विदेशिने नेपाली, अध्ययनका नाममा लाखौँ विदेशी मुुद्रा तिरेर बाहिर जाने तरुण, गणतन्त्र ल्याउनका लागि बलिदान दिने शहीद परिवारको अवस्थाका बारेमा सोच्ने फुुर्सद नेपालका नेतामा छैन ।
माथिको उखानले जुुन अर्थलाई बहन गरेको छ आज देशको अवस्था त्यही रूपमा देखापरेको छ । वर्षेनी लाखौँ युुवायुुवती विदेश पठाएर रमिते बन्न सक्ने सरकारलाई आज महानगरप्रमुुख र स्थानीय निकायका पदाधिकारीले समेत गन्न छोडिसके । यो अवस्था कसले ल्यायो । यहाँसम्मको यात्रामा किन यो स्थिति सिर्जना भयो । शासन पद्यतिले दिने सामाजिक सद्भाव, जस्तो सुुकै अवस्थामा पनि नेपालीपनलाई जीवन्त राख्ने नागरिक, बसुुधैव कुुटुुम्बकम्को भावनामा रमेको समाजिक व्यवस्था किन यस्तो भयो । समाजलाई यो अवस्थामा लैजान हरेक पार्टीका नेता जिम्मेवार छन् । तिनको जिम्मेवारी कत्ति पनि छैन भन्ने होइन । समाज विभाजित नहोस् । नेपालीको मानसिकतामा आँच नआओस् ।
विदेशी भूूमिलाई आफ्नो यौवन सुुम्पेको युुवा देशमा आउन लालायित बनाून् । विदेशी भूमिबाट बाकसमा बन्द भएर आउनु नपरोस् यही कामना हरेक नेपालीको होइन र ! गणतन्त्रको चौधौँ वर्ष बितिसक्दा आमयुुवाले के पाए । बेराजगारी, भ्रष्टाचार, नातावाद, कृपावाद, आफन्तवाद मात्र होइन र ! देशको अवस्था वास्तविक रूपमा नाजुुक बनेको छ । सहिष्णुु समाज असहिष्णुु बन्दैछ । मानवीय भावना कमजोर बनेर बाहिर आएको छ । आज नेतामाथि हुने आक्रमण आगामी निर्वाचनमा गाउँ, नगरमा नेताहरूको प्रवेश निषेध नबनोस् । यदि यो अवस्था सिर्जना भयो भने नेपालका लागि गणतन्त्र बाँदरका हातमा नरिवल सावित हुुुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच