लघुवित्त समितिद्वारा काम सुरु

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकको लघुवित्तको समस्या समाधानका गठित अध्ययन समितिले काम सुरु गरेको छ । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिले अध्ययनको काम सुरु गरेको हो । समितिले सरोकारवालालाई लघुवित्तको वर्तमान समस्या र समस्या समाधानका कदमबारे इमेलमार्फत् २०८० वैशाख २० गतेभित्र सुझाव माग गरेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिमा दुई स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्त बैंकर्स संघका एकजना प्रतिनिधि सदस्य छन् ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका निर्देशक सदस्य-सचिव रहेका छन् । समितिले लघुवित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनुपर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरी छ महिनाभित्र सुझाव दिनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?