निजामती कर्मचारी युनियन रुपन्देहीको तीज मिलन कार्यक्रम सम्पन्न

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले हरितालिका तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस केद्रीय सदस्य गंगा शाहीको प्रमुख आतिथ्यमा उक्त शुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, रुपन्देही नेपाली कांग्रेसका पार्टी सभापति एवं तिलोत्तमा नगर प्रमुख रामकृष्ण खांण,लुम्विनी प्रदेशसभा सदस्य जमुना ढकाल, नेपाल निजामति युनियन केन्द्रिय महासचिव जनक रावल,नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय उपमहासचिव गणेश भण्डारी,इन्दु शर्मा, तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे,नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय सदस्य बिनोद अधिकारी,नविन पन्थी, नेपाल निजामति कर्मचारी युनियन प्रदेश सचिव भगवती पन्थी, लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल कर्मचारी युनियन जिल्ला रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,नेपाल कर्मचारी युनियन जिल्ला कपिलवस्तु अध्यक्ष भुक बहादुर आले, नेपाल कर्मचारी युनियन जिल्ला अर्घाखाँची अध्यक्ष माधव अर्याल लगायत विभिन्न जिल्लाबाट उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि वक्ताहरुले तीजको महत्व बुझेर भड्किलो रहित मनाउन आग्रह गर्नुभएको थियो ।

तिलोत्तमा नगरपालिका स्थित बोधीभिल्ला होटलमा सम्पन्न भएको कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीकी उपाध्यक्ष अनिता वि.क.थारु को अध्यक्षता र ऐश्वर्या आचार्यको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?