हेटौंडामा ‘सन्देश सभा’ गर्दै समाजवादी मोर्चा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समाजवादी मोर्चाले आज (आइतबार) हेटौंडामा सन्देशसभा आयोजना गर्दैछ ।

मुलुकका सात वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

मोर्चाले सुदूरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ । सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?