बागमतीमा प्रदेश सभा बैठक अघि सर्वदलीय बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । सो बैठक प्रदेश सचिवालय भवनमा बोलाइएको छ । गत भदौ १८ गतेदेखि बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।

उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजेदेखि प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन् । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?