सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा लागेको कर्फ्यू हटेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज (आइतबार) बिहान ८ बजेदेखि कर्फ्यू हटेको हो ।
शुक्रबार बेलुका मलंगवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीचको विवादमा झडप भएको थियो ।
केही व्यक्ति र प्रहरीसमेत घाइते भएका थिए । हिजो दिउँसो फेरि दुवै पक्षबीच विवाद बल्झिएपछि स्थानीय प्रशासनले सुरक्षा बढाउँदै कर्फ्यू लगाएको थियो । कर्फ्यू हटेसँगै अहिले जनजीवन सामान्य बन्दै गएको छ ।
बजार खुलेका छन् भने गाडी पनि सहज रुपमा चलिरहेका छन् । मलंगवामा शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच