जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिन्छ : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको बताउनुभएको छ ।

आईतवार मकवानपुरको हेटौँडामा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशालई समाजवादको दिशामा लिएर जानका लागि गणतन्त्रको प्रयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले माजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? भन्नेकुरा समाजवादी मोर्चाको उद्देश्यसँग जोडिएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्रलाई हामीले समाजवादको दिशामा लिएर जानका लागि उपयोग गर्नुपर्ने आवश्यकता छ । ती काम गर्नका लागि समाजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? यी सबै कुराहरु हाम्रो उद्देश्यसँग जोडिएका छन् । यी तीन वटै उद्देश्य राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति हामी अघि बढ्नुपर्ने आवश्यकता छ । केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्छ ।’

अध्यक्ष नेपालले केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नोआफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?