पेट्रोलियम व्यवसायीको नयाँ संगठन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पेट्रोलियम व्यवसायी फुटेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन नेतृत्व संस्थागतभन्दा व्यक्तिगत हितमा लागेको भन्दै असन्तुष्ट व्यवसायीले ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ गठन गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले संस्थागत हित, पारदर्शिता, आफ्ना सदस्यको संरक्षण र संवद्र्धनमा काम गर्न नसकेपछि बाध्यतावस नयाँ संगठन स्थापना गर्नुपरेको संघका कार्यकारी अध्यक्ष राजेन्द्र गुप्ताले बताउनुभयो ।

साउन ३१ गतेदेखि पेट्रोलियम व्यवसायी संघ नेपाल नामक संस्था दर्ता गरी नयाँ संस्थामार्फत् कारोबार सुरु गरिएको कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्ता र महासचिव आत्माराम थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । देशको विद्यमान ऐन–कानुनको अधिनमा रही पेट्रोलियम पदार्थको कारोबार गर्दा व्यवसायीले नियमनकारी निकायबाट लिनुपर्ने जाँचपास, वार्षिक नवीकरण तथा ट्यांक र ट्रकहरूको नापतौललगायतका काममा संस्थाले सदस्यको हितमा काम गर्नुपर्नेमा सीमित समूहको मात्र हालीमुहाली चल्न थालेपछि विद्रोह गर्नुपरेको कार्यवाहक अध्यक्ष गुप्ताको भनाइ छ ।

एसोसिएसनले सदस्य व्यवसायीका पेट्रोल पम्पहरूको बिमा गर्ने भन्दै रकम असुलेको तर बिमा भने नगरेको कार्यवाहक अध्यक्ष गुप्ताले बताउनुभयो । व्यवसायीसँग त्यसरी असुल गरिएको अर्बौं रुपैयाँ अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा हिनामिना गरिएको पनि उहाँको आरोप छ । नयाँ संस्था दर्तासँगै आफूहरूले निगमका सबै डिपोबाट मूल्य अभिवृद्धि कर (भ्याट) बिजक बिलसहित बिमा पोलिसी जारी गर्ने कार्य सुरु गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?