वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुनः हुँदै

Read Time = 2 mins

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत आइतबार राति वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुनस् हुँदैछ । आइतबार रोकिएकै ठाउँबाट आज पुन: खेल शुरू हुनेछ ।

भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा शुरू भएको थियो । तर, मौसम नखुलेपछि खेल रद्ध भएर आजका लागि सारिएको थियो ।

आज स्थानीय समयअनुसार २ः३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् ।

यसअघि भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेल जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।

यस्तै, एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान अहिलेसम्म १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । २ खेल भने नतिजाविहिन बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?