
काठमाडौं । नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि जित्नुभएको छ । स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह-आयोजनामा भएको प्रतियोगिताको १५औँ चरणको खेलमा अर्नवले २६४३ अंक जोड्नुभयो । नैकापस्थित ब्राइट फ्युचर माविमा भएको प्रतियोगितामा रजत र कांस्य पनि नेपाली खेलाडीले नै जित्नुभयो । रुविन श्रेष्ठ ९१२ अंकसाथ दोस्रो तथा विनिता बर्मा ६९९ अंकसाथ तेस्रो हुनुभयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र चार हजार नगद पुरस्कार पाउनुभयो ।
तीनदिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाका ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साइड इभेन्टमा भने अमेरिकाका साम कान्तिमाथी पहिलो हुनुभयो । उहाँले सात चरणको खेलमा १४८५ अंक जोड्नुभयो ।
विजेतालाई बागमती प्रदेशका सांसद केशव पोखरेल, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष प्रदीप जोशी र महासचिव राजकुमार कार्की, स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच