नेपाल सुपर लिगमा नौ टोली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा नौ टोलीले सहभागिता जनाउने भएका छन् । पहिलो संस्करणमा सहभागिता जनाएको विराटनगर एफसीले नखेल्ने भएसँगै नौ टोलीले मात्रै खेल्ने भएका हुन् । प्रतियोगिताको आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार पहिलो संस्करणमा सात टोली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने भनिए पनि अन्तिममा विराटनगर सिटी एफसीले नखेल्ने जनाएको हो ।

एनएसएलमा साबिक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगञ्ज युनाइटेड एफसीले सहभागिता जनाउँदै छन् ।

एनएसएलले दोस्रो संस्करणका लागि यसअघि नै अक्सन गरे पनि अधिकांश खेलाडी पलायन भएकाले पुनः अक्सन हुने भएको छ । असोज १९ गते नयाँ टोली निर्माणका लागि अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।

यस्तै, आयोजकले प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरेको छ । जसअनुसार उद्घाटन खेलमा मंसिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेची भिड्नेछन् । खेल तालिकाअनुसार दोस्रो संस्करण ९ मंसिर देखि ९ पुससम्म सञ्चालन हुनेछ ।

पहिलो संस्करण कोभिड संक्रमणका कारण दशरथ रंगशालामा बिनादर्शकको उपस्थिति आयोजना भएको थियो । आयोजक एनएसइएमले यसपटक केही खेल उपत्यकाबाहिर गर्ने भने पनि आर्थिक अवस्थाका कारण सम्पूर्ण खेल दशरथ रंगशालामै हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
आइची-नागोया एसियाली खेलकुदमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता