बिपतपुरवासीले जलेको डेढ बर्षमा पाए घर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । आगलागीमा आफ्ना घरहरु गुमाएको डेढ बर्षमै कैलाली जिल्लाको कैलारी गाउँपालिका ७ बिपतपुरका २७ मुक्त कमैया परिवारले घर पाएका छन् । सुदुरपश्चिम प्रदेश सरकार र हेबिटेट नेपालले साझेदारीमा घरहरु निर्माण गरेर बिपतपुरका मुक्त कमैया परिवारलाई सोमबार घर हस्तान्तरण गरेका हुन् । आगलागिबाट घरबार विहिन भएकाहरुले एक बर्षमै घर पाएपछि स्थानिय खुसिएका छन् ।

२०७९ को बैशाख ११ गते भएको आगलागीबाट बिपतपुरमा रहेका मुक्त कमैयाका ८४ घरमा क्षति पुगेको हो । लाभग्राही समुदायको भएको घर निर्माणको सामाजिक परिचालनको कार्य राष्ट्रिय दलित नेटवर्कले गरेको हो । प्रदेश सरकारको ९० लाख, हेबिटेट नेपालको ५४ लाख र समुदायको ३८ लाख ७८ हजार गरि १ करोड ८२ लाख ७८ हजारको लागतमा ती घरहरु निर्माण गरिएको हेबिटेट नेपालको पश्चिम फिल्ड कार्यालय प्रमुख पुनिता चौधरीले बताउनु भयो । भवनहरुको डिजाइन तयार पार्नेदेखिका सबै प्राविधिक काम र सामाजिक परिचालनको काम हेबिटेटले गरेको हो ।

भवनहरु भवन संहिताको पुर्ण पालना गरेर निर्माण गरिएका छन् । भवनहरु बनाउदा समुदायलाई ब्लक निर्माण र ब्लकको प्रयोगले घर बनाउने तालिम दिएको थियो । तालिमका क्रममा र तालिमपछि ब्लक बनाउँदा आवश्यक पर्ने सामाग्रीहरु घर निर्माणको लागतबाट व्यहोरिएको हो । ब्लक बनाउँदा र घर निर्माण गर्दा लाभग्राही समुदायले श्रमदान गरेका थिए । आगलागिबाट घरबार विहिन भएको एक बर्षमै आवास पाएपछि स्थानिय खुसि भएका छन । उनिहरुले पुर्ण क्षेति भएका परीवारले वासको व्यबस्था पाएपनि अरु पिडीतले चाडै राहत पाउनु पर्ने विपतपुर मुक्तकमैया बस्तीका स्थानिय सग्नीदेवी चौधरीले माग गर्नु भयो ।

मुक्त कमैया पुनस्र्थापनामा संघीय सरकार पन्छिन खाजेको भन्दै अब मुक्त कमैया, हलिया र चरुवाहरुको जग्गा र आवासको व्यवस्था गर्ने काममा प्रदेश सरकार लागि पर्ने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताउनु भयो । कैलालीमा अझै पनि मुक्त कमैयाहरु पुनस्र्थापना हुन बाकी रहेको भन्दै मन्त्री चौधरीले अब आफुहरु उनीहरुको व्यवस्थापन गर्नमा सक्रिय हुने बताउनु भयो । प्रदेशमा रहेका भुमिहीन र सुकम्बासीहरुको बसोबास व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनसार हालसम्म मन्त्रालय र हेबिटेटको साझेदारीमा अहिलेसम्म सुदुरपश्चिममा ८४ घर निर्माण भैसकेका छन् । भजनी नगरपालिकामा राजी समुदायका २५, बेदकोट नगरपालिकाकामा भुमिहीन, दलित, मुक्ता कमैयाका २५, बिपदपुरमा मुक्त कमैयाका २७ र डोटीमा मुक्त हलियाका ७ घर निर्माण भएका छन् ।

कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदन सिंह धामी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव बिश्वदिप भेष्रा, हेबिटेन नेपालका सिंह, आरडीएन नेपालका अध्यक्ष गणेश बिके, लाभग्राही समुहकी कोषाध्यक्ष जानकी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?