राष्ट्रिय जुनियर टेटे आजदेखि

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दोस्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा यु-१९ र यु-१५ उमेरसमूहमा ब्वाइज/गल्र्स सिंगल्स गरी चार स्पर्धामा खेल हुने प्रतियोगिता संयोजकसमेत रहनुभएका आयोजक संघका सदस्य धर्ममान वज्राचार्यले जानकारी दिनुभयो ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, पाँच हजार र दुई/दुई हजार नगद पुरस्कार पाउने छन् । शशि कल्याण पाण्डे वेल्फेयर फन्डको प्रायोजनमा हुन लागेको प्रतियोगितामा १२५ खेलाडीको सहभागिता रहने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?