टाटाका नयाँ गाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालस्थित टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाका बहुप्रतिक्षित गाडी टाटा टियागो इभी र टाटा पन्च सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १५औँ संस्करणको अटो शोमार्फत् उक्त गाडीहरू सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषता कार्यकुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी रहेका छन् । क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रूफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायतका विशेषता रहेका छन् ।

टियागो इभी सीमित अवधिका लागि २१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै, नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज चार सय ५३ किलोमिटर रहेको छ भने प्रारम्भिक मूूल्य ४५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?