घरेलु डेरी दर्ता गरेर सञ्चालन गर्नुपर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने डेरीलाई ३० दिनभित्र दर्ता हुन अल्टिमेटम दिएको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले महानगरभित्र रहेका खुला रूपमा दूध तथा दुग्धजन्य वस्तु कारोबार गर्ने घरेलु डेरी व्यवसायीलाई सम्बन्धित वडा कार्यालयमा दर्ता हुन ३० दिने अल्टिमेटम दिएको हो ।

महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्रीवितरण गर्ने डेरीहरूलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्रीवितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीहरूले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउनुहुन सूचित गरिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?