हास्यव्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ !

बद्रीप्रसाद दाहाल
Read Time = 18 mins

अक्कली, झक्कडी र सक्कली बुुझक्कडहरू भन्छन् : हास्यव्यङ्ग्य साहित्यको मीठो अचार हो । हित, कल्याण र मंगल गुुञ्जायस गराउने साहित्यका विविध विधामा ‘हास्यव्यङ्ग्य’ अन्य विधामासमेत साम्राज्य स्थापना गर्दै आएको धारा वा शैली हो । हास्यको मूूल तत्व ‘विकृति’ ठम्याइन्छ भने व्यङ्ग्यको जरिया घोचपेच वा छेडखाना बुझिन्छ । आधुनिक नेपाली निबन्धका शीर्ष पुरुष महाकवि देवकोटाको शब्दमा हास्यव्यङ्ग्य त्यहाँ निस्कन्छ, जहाँ स्वाभाविक र आदती रूप तथा ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुत्कुत्याउँछ’ । नेपाली साहित्यका विशिष्ट समालोचक प्राडा.गङ्गाप्रसादका शब्द सापटी लिएर भन्नुुपर्दा ‘हास्य मानिसहरूलाई हँसाएर मानसिक तनावबाट मुक्ति दिई शारीरिक तथा मानसिक स्वस्थता प्रदान गर्दछ भने व्यङ्ग्यले समाज वा जीवनजगत्का खराबीमाथि प्रहार गर्छ, जसको कारण समाज स्वस्थ तन्दुरुस्त बन्दछ ।

यसै सन्दर्भमा आज चर्चा गर्न लागिएको कृति राजेन्द्र कार्कीजीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसंग्रह हो । जसको प्रकाशन फित्कौली अनलाइन मिडिया अड्डाले हट्टाकट्टा भौतिक आवरण दिएर गत भाद्र ९ गते विमोचनको एकाह सम्पन्न गरायो । ३१ वटा निबन्धहरुको संग्रह भएको यो कृति ‘खाइराइड’ नेपाली हास्यव्यङ्ग्य भण्डारमा नयाँ सन्ततिको रूपमा थपिन आइपुुगेको छ । अब यही कृतिका केही निबन्धहरूको संक्षिप्त चर्चातिर लाग्ने जमर्को गर्दछु ।

उनी भन्छन् ‘थाइराइड सरुवा रोग होइन । यो एउटा व्यक्तिमा सीमित हुन्छ । खाइराइड चाहिँ सरुवा रोग हो । यो रोगले देशका अगुवा, भगुवा, जनप्रतिनिधि, नेता, अभिनेता, कर्मचारी, ब्रहृमचारी, ब्यापारी, दलाल, वकिल, पत्रकार, शिक्षक तथा विद्यार्थी कसैलाई बाँकी राख्दैन ।’

सम्पूूर्ण निबन्धहरूको महानायक भई पुुस्तकको मूूल नाम बनेको ‘खाइराइड’ नेपाली समाजको हर क्षेत्रको प्रतिबिम्ब बनेर उभिएको छ । यहाँ थाइराइड, खाइराइड र धाइराइडका लक्षण र आसयलाई विनोदात्मक शैलीमा कतै लक्ष्यार्थ, कतै वाच्यार्थ र धेरै व्यञ्जनार्थमा रगेडेर पाठकहरूका लागि पठनीय बनाएका छन् निबन्धकारले । थाइराइड शारीरिक रोग हो, हिजोको भाषामा गलगाँडको तहमा रहेको यसले हाल चिकित्साविज्ञानमा थाइराइडको नाममा आपूmलाई चर्चित बनाएको छ । थाइराइडको बारेमा त्यसका विशेषज्ञलेझैँ निबन्धकार प्राविधिक रूपमा यसको बेलीविस्तार दिन सफल भएका छन् भने ‘खाइराइड’ भन्ने नयाँ शब्दलाई मानसिक रूपको भयावह सरुवारोग हो भनी चित्रण गरेका छन् ।

नमुनाका लागि यो अनुुच्छेद : ‘थाइराइड सरुवा रोग होइन । यो एउटा व्यक्तिमा सीमित हुन्छ । खाइराइड चाहिँ सरुवा रोग हो । यो रोगले देशका अगुवा, भगुवा, जनप्रतिनिधि, नेता, अभिनेता, कर्मचारी, ब्रहृमचारी, व्यापारी, दलाल, वकिल, पत्रकार, शिक्षक तथा विद्यार्थी कसैलाई बाँकी राख्दैन । कुनै जात, धर्म र वर्ग भन्दैन, पूरै समाज र देशलाई रोगी बनाउँछ । त्यसैले थाइराइडभन्दा खाइराइड धेरै खतरनाक रोग हो । खाइराइडले देशको मुटुु, मस्तिष्क र मृगौलालगायतका अङ्ग भङ्ग गराउँछ । देशको मुख्य अङ्ग नै भङ्ग भएपछि देशको प्रणलीले कामै गर्न सक्दैन’ ।

थाइराइड र खाइराइडबीचको तुलनात्मक अध्ययन गराएर खाइराइडदेखि होसियार हुनुुपर्ने वस्तुुतथ्यलाई निबन्धकारले हास्य र व्यङ्ग्यको मिश्रण गराई रोचक तथा घोचक सरल शैलीको माध्यमबाट पाठकको मनलाई खिच्न सफल भएका छन् । देशको जिम्मेदारी लिएर बसेकाहरु खाइराइडपन्थको भयानक अगस्ति, हन्तकाली र खन्चुवा भएको पिरोवास्तविकता मजैले विरेचन गरेका छन् निबन्धकारले ।
राणा, शाह र पञ्चकालमा खाइराइड (लुुटतन्त्र) शासकमा मात्र सीमित भएको तर बहुुदलपछि अर्को झुुण्डिएको गाँणतन्त्रमा त झनै फेवातालको जलकुुम्भी झार बिर्साउने गरी नेता र शासकको घेरा तोडेर पार्टीका झोलेमोले, हनुमान, अनुचर तथा दलाल कमिसनखोरसम्म फैलिएको हुँदा यो महारोगले देशै अस्तव्यस्त हुने भो भन्ने चिन्तालाई चिन्तन बनाएका छन् निबन्धकारले । देश विकासको मुुख्य ‘आयोडिन’ विधि र कानुनको शासन हो । खाइराइड लागेपछि विधिको लिदी काटिन्छ, कानुनको कान काटिएर नुनमात्र बाँकी रहन्छ भनी उछित्तो काढिएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खाइराडमार्गी दूराचारीहरुको सपाट तस्वीर उभ्याएर विधि र कानुको शासनलेमात्र खाइराड निको हुने निक्र्यौलमा निबन्धकार उभिएका छन् । अन्त्यमा उनको काउकुती लाग्ने नारा छ ः ‘मान्छे रोगी थाइराइडले ! देश रोगी खाइराइडले’ !

यही ब्रहृमज्ञान फिजाएर रोगहरण गर्न र अचुुक निदानको मान ठम्याउन विधि र कानुनको महिमा बताएका छन् निबन्धकारले । अर्को व्यङ्ग्य निबन्ध ‘दलाल’ अत्यन्त रोचक तथा घोचक छ । जसरी जल, थल, पर्वत, आकाश सबैतिर विष्णु हुन्छन् भनेर पौराणिकहरु व्याख्या गर्छन्, जो प्राणी जगत्को रक्षा र समृद्धिको खातिर हुन्थ्यो । तर दलाल वा बिचौलिया तागत भने अकल्याण र असुरक्षाको प्रतीक भाइरसको छद्म अनुहारमा सबैतिर खुट्टा नचाएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, जल, पूूँजीबजार, यातायात, वैदेशिक रोजगार, अड्डाअदालत, राजनीति, कूटनीति, बैंक सबै क्षेत्र नाफाखोर बनेर, ठग, वञ्चक र उत्पीडकका राक्षसी रूप लुुटतन्त्रका खलनायक नै हुने कुरा छर्लङ्ग पारेका छन् । अर्को ‘कुकुुरको भाग्य’ निबन्ध वाच्यार्थमा डुक्रिँदै लक्षणामा मजैले सिँगौरी खेलेको छ ।

युधिष्ठिरसँगै स्वर्ग गएको कुकुर र आधुनिक युुगमा चन्द्रमाको धरातल टेक्ने लाइका नामक श्वानलाई बिम्ब बनाएर कुत्ताको अगाडि मान्छे भुत्ता र दुुर्भाग्यशाली बनेको रुचिकर मिथकमा निबन्धको चिन्तन पक्ष उज्यालो पार्नुु निबन्धकारको वैशिष्ठ्यता हो । ‘भाग्दा भाग्दै’ निबन्धले विदेश जाने मोह वा बाध्यता नेपाली समाजमा विद्यमान पलायनवादी चरित्रलाई परिहास गरेको छ भने यहाँ समय समयका नेताको फेटा कस्ने र राजाको नाममा नाना थरी खाजा प्रणाली ल्याउने लम्पसारवादका भगौडा राजनीतिक पात्रका गात्र काम्ने गरी धड्कनै हल्लाएर मज्जाको चड्कन चिउरा दिएका छन् कार्की महासयले ।

‘जनावरलाई गाली किन ?’ भन्ने व्यङ्ग्याख्यानले बुढो चिम्पान्जीको अध्यक्षतामा स्याल, ब्वाँसो, गिद्ध, सर्प, गोही, गधा, गोरु, भेडा, कुुकुुर र बाँदरको घाँसे मैदानमा सभा बोलाएर मान्छेहरुले उनीहरुलाई गाली गरेकोमा चित्त दुखाएको व्यङ्ग्यपूूर्ण कथानक पस्किएका छन् । मान्छेको प्रकृतिप्रतिको विनास लीलालाई निर्वस्त्र बनाएर पक्षी र जनावरहरूको अप्राकृतिक गठबन्धनलाई प्राकृत तथा स्वभााविक बनाई गजबको पशुपक्षी मोर्चा तयार गर्न कसिएको तस्वीर कोरिएको छ । उनीहरूले अब आइन्दा हाम्रो उपमा लगाएर गालीको ताली पड्काउन मान्छे जातिले पाउनुु हुन्न भन्ने अडान लिएका छन् । पञ्चतन्त्रको कथा बिर्साउने यो निबन्धले स्वार्थी, मतलवी र मौकापरस्त अवसरवादी चरित्रका जिउज्यानमात्रले मात्र मान्छे तर बानी भने कुमान्छेमा चोटिलो छेडखान गरेका छन् ।

कार्की एक दशकदेखि क्यानाडामा बसोवास गर्दै आएका छन् । उनकै निबन्धको भाषामा भन्नुुपर्दा उनी भगौडा बन्नु परेको आफ्नो नियतिलाई छर्लङ्याउँछन् । उनको यो निबन्ध कृति हास्यव्यङ्ग्य संसारको पहिलो भए पनि निकै वयस्क भएर प्रौढ चिन्तनमा माझिएको छ । 

‘घाँडो बुढो’ भन्ने अर्को निबन्धले हाम्रो जस्तो अविकसित देशका बुढा मान्छेको कारुणिक दशालाई जीवन्त रूपमा चित्रण गरेको छ । उखानटुक्का, मुहाबरा, झर्रा शब्द, वाक्पद्धति र नयाँ उपाख्यानहरुले सजिसजाउ पारेर निबन्धको ओजमा मजैको पोज थप्ने खोज गरेका छन् । बुढाबुढी घाँडो नभएर अनुुभवको भाँडो हुन् भन्ने आदर भाव आँखा चिम्लिएकोमा चिन्तातुुर हुुँदै क्रमशः नव पुस्ता रित्तिँदै गएर नेपाली गाउँघर उजाड बन्दैको परिवेशलाई चित्रात्मकता दिएका छन् । रोजगारीका कारण विदेशिनुुपर्ने विवशताले घरमातातो पानी पनि पिउन नपाउने, दुःख विपद्मा हारगुहार र अस्वस्थ हुँदा स्वास्थ्यचौकीसम्म लगिदिने सहयोगी दिनानुदिन हराउँदै गएको तीतो सत्यलाई मर्मभेदी तरिकाले यो शीर्षक अर्थपूर्ण बनाएका छन् लेखकले ।

संग्रहकार कार्कीका अन्य पठनीय निबन्धमा ‘कामी, बिहे किन ?, सोल्टिनी, त्यो नेपाली होइन, चुनाउपुराण, लिङ्गपुराण, देश डुुब्यो, बुहारी–सासूू, पद पैसा, लाहुरे, हाइहाई अमेरिका, दानीकी नादानी, नामको चाम, कुरा गरेर खानुु,’ जस्ता कुनै चिन्तनपरक, केही व्यङ्ग्यमूूलक, कतिपय तात्तातो वर्तमानको सामाजिक यथार्थ, नेपालका नेताहरूको खस्कँदो चरितचर्या, वैश्विक कोकोहोलो र राजनीतिक विसङ्गतिलाई उभ्याउने खालका छन् । अन्य हास्यव्यङ्ग्य मिश्रित ओजिला तथा उम्दा निबन्धहरुले यो कृतिको गौरवलाई सौरभ छर्ने तथा रौरवादि नर्कबाट बच्न सिकाउनेबनेका छन् ।

यसै क्रममा उल्लेखनीय निबन्ध ‘गुुट फुट झुट’ ले देशदेखि अन्तरदेशसम्मका घिनलाग्दा गठजोड र सन्धि संगठनलाई कलमको कोर्रा हानेर थिलथिलो बनाएको छ । अविकसित देशको गुटबन्दी, झुठबन्दी र फुुटतन्त्रलाई सपाट उभ्याएका निबन्धहरू बेजोड छन् । विकसित भनाउँदा शक्ति राष्ट्रहरुको सैन्यवादी चिन्तनको नाङ्गो नाचलाई पनि लेखकले तीर सोझ्याएका छन् । प्रधानमन्त्रीकी वरदान मन्त्री, लाहुरे, जिन्दगीः खाना पाइखाना, बुढो गोरु कि बहर, आदि निबन्धहरुले समयको पदचापलाई स्वर दिएर भताभुुङ्ग देशको लथालिङ्ग चालालाई हालाबाला पार्ने गरी कलमले गतिलो मिसाइल चलाएको छ ।

कतिपय निबन्धहरू काव्यात्मक आस्वाद, दर्शनको सुुगन्ध र चिन्तनको जुुक्तिबाट बाँधिएका छन् । ठाउँठाउँमा सरल अङ्ग्रेजीका शब्द र वाक्यका उद्धरणहरू, नेपाली ठेट शब्दहरु हाम्फाल्दै निबन्धलाई सिँगारेका छन् । वर्णविन्यासमा केही नगण्य त्रुटि भने छन् । सुदूर क्यानडाको पराई देशमा बसेर पनि आफ्नो भाषा, देशीय सामाजिक, आर्थिक र राजनीतिक अवस्थाप्रति चासो र चिन्ता लिने राजेन्द्र कार्कीजीका आख्यानात्मक कलम बन्दनीय छ ।

नेपालको सुदूरपूूर्व भोजपुरको दाबामा आजभन्दा ५७ वर्षअघि आँखा खोलेका कार्की विराटनगर हुँदै काठमाडौंको बानेश्वरका बासिन्दा बनेर पनि चित्त नबुुझी एक दशकदेखि क्यानाडामा बसोवास गर्दै आएका छन् । उनकै निबन्धको भाषामा भन्नुुपर्दा उनी भगौडा बन्नु परेको आफ्नो नियतिलाई छर्लङ्याउँछन् । उनको यो निबन्ध कृति हास्यव्यङ्ग्य संसारको पहिलो भए पनि निकै वयस्क भएर प्रौढ चिन्तनमा माझिएको छ । कार्कीका कतिपय कविताका ठेली पनि प्रकाशोन्मुख अवस्थामा छन् । सिस्नुुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको भूूमिकाले कार्कीको लेखनशैलीमा राम्रो चिरफार गरेको छ ।

त्यसैगरी अर्का फित्कौली मिडियाका हाकिम, प्रधान संपादक तथा सशक्त व्यङ्ग्यकार नरनाथ लुुइँटेल जसले प्रकाशक एवं सम्पादनको भूमिका निर्वाह गरेर हामी पाठकलाई गुन लगाउन पुुगेका छन् । प्रकाशक्यौलीमा लुुइँटेल बोल्छन्-: ‘लुतोभन्दा कडा थाइराइड, त्यो भन्दा मापाको खाइराइड ! शरीरविज्ञानमा थाइराइडले दिने पीडाभन्दा समाजविज्ञानमा ‘खाइराइड’-ले कडा पीडा दिइरहेको र यसको उपचार हुनुुपर्छ भन्ने बोध गर्दै राजेन्द्र कार्की नेपाली हास्यव्यङ्ग्यको अभियानमा प्रवेश गर्नु भएको छ ।

उहाँको यो अर्थपूूर्ण आगमनमा यसरी स्वागत गर्न पाउँदा ‘फित्कौली’ खित्खिताउनुु स्वाभाविक हो’ । अन्त्यमा खाइराइड निबन्धसंग्रहभित्र मेरो लेफ्टराइटको सानो कबाजलाई यही विश्राम दिँदै सफल कृतिकार राजेन्द्र कार्कीज्यूूमा बधाई ! कार्कीले आगामी दिनमा अभिनव कृतिहरु छिटै पाठकमाझ ल्याएर अराजक बन्दै गएको नेतातन्त्र, समाजलाई सही दिशाबोध गराउन सकूून् ! अस्तु !

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rajendra Karki
Rajendra Karki
2023-09-21 11:39 pm

भैरव प्रतिभा पुरस्कार प्राप्त गर्नु हुने हास्य व्यङ्ग्यकार बद्रीप्रसाद दाहालज्यूलाई हार्दिक बधाई 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?