अन्तरविद्यालयस्तरीय वक्तृत्वकला सम्पन्न

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

पुतलीबजार । पुतलीबजार नगरपालिकाद्वारा नगरपालिकाभित्रका विद्यालयहरूका बिचमा बाल दिवसको अवसर पारेर अन्तरविद्यालयस्तरीय वक्तृत्वकला आयोजना गरिएको छ ।

राष्ट्रिय शिक्षा दिवसको पूर्व सन्ध्यामा आयोजित वतृत्वकला प्रतियोगितामा माध्यमिकतर्फ प्रथम रोशनी आवासीय माविकी पृथ्वी पोखरेल, द्वितीय त्रिआ माविको प्रवेश गोदार, तृतीय कालिका माध्यमिक विद्यालयका नन्दिनी अर्याल र सान्त्वनातर्फ काजिमान हरिटीका माध्यमिक विद्यालयका अविनाश ढकाल हुनुभएको छ ।

आधारभूत तहतर्फ प्रथम रजस्थल माध्यमिक विद्यालयकी सलोनी शाह, द्वितीय सरस्वती माध्यमिक विद्यालय गैरीखेतकी अदिती गोदार, तृतीय त्रिभुवन आदर्श माध्यमिक विद्यालयकी आकृति बुढामगर र सान्त्वना रोशनी आवासीय माध्यमिक विद्यालयका अदिती गैरे भएका थिए ।

५९ औँ बाल दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिता कार्यक्रममा आधारभूत तहतर्फ 'बालबालिकामा लगानीस् सुनिश्चित भविष्यको लगानी' भन्ने शीर्षकमा सञ्चालन भएको थियो । आधारभूत तहमा १८ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

त्यस्तै माध्यमिक तहमा 'राष्ट्रनिर्माणमा विद्यार्थीको भूमिका' शीर्षकमा आयोजित वतृत्वकलामा ९ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले यस्ता कार्यक्रमले बालबालिकाले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गर्ने भएकाले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

पुतलीबजार नगरपालिकाको सभा हलमा आयोजित प्रतियोगिताको मूल्याङ्कनमा शिक्षा शाखा प्रमुख बाबुराम बराल, शिव तिमिल्सिना र रमेश गोदार हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन शिक्षा शाखाका अधिकृत गोविन्दराज सुबेदीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?