प्रतिनिधिसभाको बैठक दुई हप्ताभन्दा बढी समयसम्मका लागि स्थगित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।

प्रस्ताव स्वीकृत भएसँगै सभामुख देवराज घिमिरेले असोज १४ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । संसद सचिवालयका अनुसार प्रधानमन्त्री र सभामुखको विदेश भ्रमणका कारण लामो समय बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघ र चीनको औपचारिक भ्रमणका लागि न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ दुवै देशको भ्रमण सकेर असोज ९ गते मात्रै स्वदेश फर्किने कार्यक्रम छ ।

त्यस्तै सभामुख देवराज घिमिरे पनि आइतबार आयरल्याण्डको भ्रमणका जाँदै हुनुहुन्छ । उहाँको भ्रमण सेप्टेम्बर १८ देखि २२ तारिखसम्म हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?