दुई देशबीच व्यापार प्रवद्र्धनमा नेपाल इटाली चेम्बर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्श(एनआइसिसिआई) का अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले इटालियन चेम्बर रोम र मिलानको भदौ १७ देखि २३ सम्म भ्रमण गरेको छ । भ्रमण द्विपक्षीय सम्बन्धका साथैै व्यापारका अवसरको सम्भाव्यता अध्ययन, दुई देशबीच व्यापारिक, सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित रहेको थियो ।

नेपालले रोम चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीसँग गरेको भेट पहिलो हो । दुवै इटालियन संस्था व्यावसायिक सहयोगका लागि प्रख्यात छन् । प्रतिनिधिमण्डलका अनुसार बैठकले इटालियन सरकारी अधिकारी र एसोकामेरेस्टेरोको सार्वभौम परिप्रेक्ष्यमा एनआइसिसिआईको स्थापना, मान्यता, भविष्य र युरोपेली संघका लागि साझा दृष्टिकोण प्रतिबिम्बित गर्दै ठूलो महत्व राखेको छ ।

उल्लेखित भेटहरूमा रोमस्थित नेपालका लागि महावाणिज्यदूत पाओलो नुगारीसँग पनि छलफल भएको थियो । सन् १९७० देखि नेपालको व्यापक अनुभवसँगै नुगारीले नेपालको भविष्यका लागि आफू आशावादी रहेको बताउनुभएको थियो । साथै उहाँले इटाली सरकारले एनआइसिसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको बताइएको छ ।

नेपालको एक निजी संस्थाद्वारा मिलान चेम्बर अफ कमर्श (प्रोमोस इटालिया) सँगको पहिलो बैठकबाट उल्लेखनीय सफलता प्राप्त भएको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?