राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 2 mins

मनहरी । हेटौंडामा दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विजेतालाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख एक हजार नगदसहित पुरस्कार वितरण गरिनेछ ।

क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८-२० क्लबको सहभागिता रहने जनाउँदै खेलका लागि १६ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङले बताउनुभयो । तीन वर्षअघि स्थापना भएको क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैंले उपाधि हासिल गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?