यसरी गरियो विश्वकर्मा पूजा (तस्विरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पुजा मनाउँदैछन् । आज आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । काठमाडौं स्थित भद्रकाली मन्दिरमा पनि आफ्नो सवारी साधन पुजा गर्नेको भिड लागेको छ ।

तस्वीरमा हेर्नुहोस्

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?