कांग्रेस संस्थापनइतर समूहकाे छुट्टै बैठक आह्वान

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ।

कोइरालाले मंगलबार दिउँसो साढे १ बजे बस्नेगरी बैठक बोलाउनु भएको हो ।

नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाउनु भएको हो। यस पटकको इतर पक्षको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको बुझिएको छ ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?