इंग्ल्याण्डको विश्वकप टोली घोषणा

Read Time = 3 mins

लण्डन । साबिक विजेता तथा उपाधिको प्रमुख दाबेदार इंग्ल्याण्डले आगामी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने मजबुत टोली घोषणा गरेको छ । जस बटलरको कप्तानीमा इंग्ल्याण्डले विश्वकप टोली घोषणा गरेको हो । इंग्ल्याण्डले २०१९ मा विश्वकप उपाधि जितेका नौ खेलाडीलाई भारतमा हुने विश्वकपका लागि निरन्तरता दिएको छ । तीव्र गतिका बलर रिस टोप्ली, हृयारी ब्रुक, लियाम लिभिङस्टोन, डेविड मलान, साम करन र गस एटिकिन्सनबाहेक अन्य सबै खेलाडीले २०१९ को विश्वकप खेलेका थिए ।

बेन स्टोक्सले यसै वर्षको सुरुवातमा ओडिआई क्रिकेटबाट सन्न्यास लिनुभए पनि उहाँलाई फिर्ता बोलाइएको छ । टोलीमा जस बटलर, जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्स र डेविड मलान जस्ता ब्याटर हुनुहुन्छ । अलराउण्डर साम करन, मोइन अली, लिभिङस्टोन हुनुहुन्छ । यस्तै, स्पिनरमा मोइन अली र आदिल राशिद तथा मार्क वुड, क्रिस बोक्स, रिस टोप्ली, गस एटकिन्सनले तीव्र गतिका बलरको भूमिका निर्वाह गर्नुहुनेछ ।

इंग्ल्याण्डले अक्टोबर ५ मा न्युजिल्याण्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । २०१९ को विश्वकपको सुपर ओभर पनि टाई भएपछि इंग्ल्याण्डले बढी चौका र छक्का प्रहार गरेका आधारमा विश्वकप जितेको थियो । चोटका कारण २०१९ का विश्वकपका हिरो जोफ्रा आर्चर भने टोलीमा हुनुहुन्न ।

इंग्ल्याण्डको घोषित टोलीमा जस बटलर (कप्तान), मोइन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, हृयारी बु्रक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, मार्क वुड र क्रिस बोक्स हुनुहुन्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राष्ट्रपति पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री… भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा, अब पेन्सनपट्टा बनाउन काठमाडौं जानु नपर्ने सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र… स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु