नेपाली कांग्रेस गगन–शेखर समूहको बैठक आज बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नै गगन–शेखर समुहको बैठक बस्न लागेको हो ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । पार्टीको १४ औं महाधिवेशपछि बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ ।

१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?