एनएसआरए र क्लब इन्टरनेसनलको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल स्क्वास एण्ड र्‍याकेट्स संघको आयोजनामा बुधबार एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियनसिप २०२३ सुरु भएको छ । सातदोबाटोस्थित स्क्वास हलमा भएको प्रतियोगिताको पहिलो दिन क्लब इन्टरनेसनलले ब्रिटिस आर्मी ‘ए’ टिमलाई ३-० ले पराजित गर्‍यो ।

पहिलो खेलमा क्लब इन्टरनेसनलका अस्ट्रेलियाली खेलाडी इशाक बेल हर्बटले ब्रिसटस आर्मी ‘ए’का सुनिल राना र दोस्रो खेलमा इटालीका रेन्जो एन्डोर्नोले श्यामलाई समान ३-० सेटमा हराउनुभयो । क्लब इन्टनेसनलका धिर पुनले अन्तिम खेलमा सविन गुरुङलाई तीन–एक सेटमा पराजित गर्नुभयो ।

आयोजक एनएसआरएका तीनै टिमले पनि पहिलो दिन विजयी सुरुवात गरेका छन् । एनएसआरए टिम ‘बी’ ले ब्रिटिस आर्मी ‘सी’लाई तीनै खेलमा हरायो । यी दुई टिमबीचको खेलमा प्रज्ज्वल प्रधानले केशर मगरलाई तीन-एक र प्रवीणवीर कंसाकारले शेरजंग थापा र राजेन्द्र शाक्यले शंकर गुरुङलाई समान ३-० को सोझो सेटमा पराजित गर्नुभयो ।

एनएसआरए टिम ‘ए’ ले पाहुना टिम ट्रेलिङ स्पाउजलाई ३-० ले हरायो । दिव्यराज बज्राचार्यले डेभिड थोम्सन, दीपक थापाले ल्युक सयर र उमित शाकयले मइक रान्डललाई समान ३-० को सोझो सेटमा हराउनुभयो ।

एनएसआरए टिम ‘सी’ले पनि ब्रिटिस आर्मी ‘बी’लाई तीनै खेलमा हरायो । राकेश परियारले दिलिप राई, पासाङ लामाले ज्याकोब क्लार्क र विकास मगरले जिम डोइगलाई समान ३-० ले निराश बनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?