युद्धग्रस्त यमनमा खडेरीको चुनौती

Read Time = 2 mins

यमन । वर्षौंदेखिको अशान्तिको बोझले दबिएका यमनी जनताले अहिले निरन्तर खडेरीको चुनौती सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रमा झनै खतरा निम्त्याएको छ । कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरूमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरू देखिएका छन् ।

राजधानीबाट करिब १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन् । यसवर्ष यमनमा कम वर्षा भएको छ । जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन् । हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन)ले जलवायु परिवर्तनसम्बन्धी प्राकृतिक प्रकोपले युद्धग्रस्त देशमा मानवीय संकट बढाएको र मौसमी घटनाले सिँचाइ सुविधा ध्वस्त पारेको बताएको छ ।
यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण विस्थापित व्यक्तिको संख्या दोब्बर भएको बताएको छ । सिन्हृवा÷न्यूज एजेन्सी नेपाल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?