काजल क्रियसनको वार्षिकोत्सव सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काजल क्रियसन नवौं वर्षमा प्रवेश गरेको छ । एक कार्यक्रमबीच विभिन्न सेलिब्रेटी तथा समाजसेवीकोे उपस्थितिमा काजल क्रियसनको नवौं वार्षिकोत्सव मनाएको छ । काजल क्रियसन बुटिकको वार्षिकोत्सवसँगै उक्त बुटिकको सञ्चालिका काजलको जन्मदिन एकैसाथ पर्न गएको थियो ।

कार्यक्रममा चलचित्र निर्देशक निर्माता तथा अभिनेत्री दीपाश्री निरौला, लोकप्रिय अभिनेता दीपकराज गिरी, वरिष्ठ ब्युटिसियन रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाशकुमार श्रेष्ठ, गायिका रानु निरौला, समाजसेवी नरेश पाण्डे, युवा व्यवसायी वसन्ती अधिकारी, रञ्जन केसीलगायतले वार्षिकोत्सवको शुभकामना दिनुभएको थियो ।

नौ वर्षअघि विश्वकर्मा पूजाको दिन ललितपुरको कुपण्डोलमा काजल क्रियसन बुटिक स्थापना भएको थियो । सयौं म्युजिक भिडियो तथा विभिन्न चलचित्रमा फेशन डिजाइन गरिसक्नुभएकी काजल पछिल्लोे पुस्ताकी फेशन डिजाइनरमा लोकप्रिय हुनुहुन्छ ।

काजल क्रियसन बुटिककी सञ्चालिका काजल शर्मा विगत एक दशकदेखि फेसन डिजाइन पेशामा हुनुहुन्छ । काजल क्रियसन बुटिकले नेपालदेखि युरोप अमेरिकासम्म आफ्नो सञ्जाल फैलाउँदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?