दिगो विकास लक्ष्यले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

शनिवार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उहाँले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिनुभएको हो । उहाँले सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्न निर्देशन दिनुभयो । उहाँले गैरसरकारी संस्थाहरुलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्यांकन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लगेको छ । परिषद्को आन्तरिक सुशासनलाई समेत मजबुत बनाउँदै सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता छ । गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्नुहुन सम्पूर्ण संवद्ध निकायलाई अनुरोध गर्दछु । दिगो विकास लक्ष्य हाम्रो राष्ट्रिय नीति र योजनाहरुमा एकीकृत गरिएको तथ्य पनि सबैमा विदितै छ । गैरसरकारी संस्थाहरुलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्यांकन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । यसलाई कार्यान्वयन गर्दै सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने दिगो विकासका लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुहुन सबै गैरसरकारी सस्था, परिसंघ एवं सम्बन्धित मन्त्रालयलाई समेत आग्रह गर्दछु ।’

मन्त्री आचार्यले परिषद्‌द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?